बिहीबार, फागुन ७, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • कैलाली-५ मा प्रेम आलेको पक्षमा जनलहर, ११५ युवा नेपाली कम्युनिष्ट पार्टिमा प्रवेश

कैलाली-५ मा प्रेम आलेको पक्षमा जनलहर, ११५ युवा नेपाली कम्युनिष्ट पार्टिमा प्रवेश

 |  बिहीबार, फागुन ७, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ७, २०८२

धनगढी। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा कैलाली निर्वाचन क्षेत्र नं. ५ मा प्रेमबहादुर आलेको पक्षमा माहोल दिनप्रतिदिन सुदृढ बन्दै गएको देखिएको छ।

National life

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट उम्मेदवार बनेका आलेले चुनावी अभियानलाई तीव्रता दिँदै घरदैलो कार्यक्रम, अन्तरक्रिया तथा युवा भेटघाटलाई प्राथमिकता दिइरहेका छन्।

पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत रहेका आलेले मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै स्थानीय समस्या, विकासका आवश्यकताहरू तथा दीर्घकालीन योजनाबारे सुझाव संकलन गरिरहेका छन्।

उनले आफ्नो मुख्य एजेन्डाका रूपमा भौतिक पूर्वाधार विकास, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार, रोजगारी सिर्जना, युवा सशक्तीकरण तथा सुशासनलाई अघि सारेका छन्।

यसै क्रममा आज बिहीबार धनगढी उपमहानगरपालिका–२, रामजानकी टोलका ११५ जना नवयुवाहरू नेकपामा प्रवेश गरेका छन्। पार्टी प्रवेश कार्यक्रममा उम्मेदवार आलेसँगै कैलाली–५ निर्वाचन परिचालन समितिका संयोजक ओम पुन र सह–संयोजक दिनेश सुबेदीले नवप्रवेशी युवाहरूलाई टीका तथा खादा लगाएर स्वागत गरेका थिए।

Laxmi sunrise bank

कार्यक्रममा बोल्दै उम्मेदवार आलेले युवाशक्ति राष्ट्र निर्माणको मुख्य आधार भएको उल्लेख गर्दै विकास र समृद्धिका लागि युवाको सक्रिय सहभागिता अपरिहार्य रहेको बताए।

उनले कैलाली–५ लाई नमुना निर्वाचन क्षेत्रका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे। उम्मेदवार आलेका विकास एजेन्डा व्यवहारिक र जनमुखी रहेका स्थानीयवासी दीपकबहादुर साउदले बताए।

उनले भने, 'आलेका विकासका एजेन्डा जायज छन्। उहाँ विकास गर्ने र भ्रष्टाचार विरुद्ध कडा कदम चाल्न सक्ने व्यक्ति हुनुहुन्छ। यसपटक हामी उहाँलाई नै सहयोग गर्छौं।'

स्थानीय मतदाताहरूका अनुसार विगतमा निर्वाचित विभिन्न दलका प्रतिनिधिहरूले जनअपेक्षा अनुसार काम गर्न नसकेकाले यसपटक सक्षम र प्रतिबद्ध नेतृत्वलाई अवसर दिनुपर्ने धारणा बलियो बन्दै गएको छ।

विशेषगरी सडक स्तरोन्नति, खानेपानी, सिँचाइ, शिक्षा पूर्वाधार र स्वास्थ्य सेवा सुधारका विषयलाई लिएर जनतामा स्पष्ट एजेन्डा राख्ने उम्मेदवारप्रति आकर्षण बढेको बताइन्छ।

प्रकाशित: Feb 19, 2026| 20:22 बिहीबार, फागुन ७, २०८२
प्रतिक्रिया दिनुहोस्