बुधबार, साउन १३, २०८३

कांग्रेस काठमाडौं-१ का प्रबल थापा उम्मेदवार चुनावी घरदैलोमा

 |  सोमबार, फागुन ४, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ४, २०८२

काठमाडौं। यही फागुन २१ गते हुने निर्वाचनको लागि उम्मेदवारहरूले घरदैलो कार्यक्रमलाई तीब्रता दिएका छन्। सोही क्रममा काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ का नेपाली कांग्रेसका उम्मेदवार प्रबल थापाले पनि आफ्नो घरदैलो कार्यक्रमलाई तीब्रता दिएका छन्।

घरदैलो कार्यक्रममा पत्रकारहरूसँग बोल्दै थापाले आफ्ना राष्ट्रिय स्तरको एजेण्डा भएको बताएका छन्। उनले आफूले शिक्षा, स्वास्थ्य, रोजगारी तथा स्वरोजगारीमा प्राथमिकताका साथ काम गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन्।

'हामीले राष्ट्रिय स्तरका विकासको कुरामा जोड दिनेछौं। जनताका दैनिकीसँग जोडिएका विषय प्राथमिकतामा राख्ने छौं। जनतालाई सेवा प्रवाह गर्ने खासगरी उत्पादनसँग जोडिएको शिक्षा, स्वास्थ्य र रोजगारीको विषय हाम्रा प्राथमिकताका क्षेत्र हुनेछन्,' उनले भने।

WhatsApp-Image-2026-02-16-at-9.25.36-PM-1771260218.jpeg

WhatsApp-Image-2026-02-16-at-9.25.37-PM-1771260218.jpeg

WhatsApp-Image-2026-02-16-at-9.25.38-PM-1771260218.jpeg

प्रकाशित: Feb 16, 2026| 22:29 सोमबार, फागुन ४, २०८२
प्रतिक्रिया दिनुहोस्