बुधबार, साउन १३, २०८३

जन अपेक्षा पुरा गर्दै देश सम्हाल्ने विषय मुख्य होः सभापति थापा

 |  आइतबार, फागुन ३, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ३, २०८२

सर्लाही। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जन अपेक्षा पुरा गर्दै देश सम्हाल्ने विषय मुख्य रहेको बताएका छन्।

सर्लाही जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहनुभएका सभापति थापाले आगामी पाँच वर्षमा जन भावना अनुसार सरकारले काम गर्नुपर्ने चुनौती रहेको बताए।

उनले भने, 'अब सिंहदरबार पनि जल्नु हुँदैन, गोली पनि चल्नु हुँदैन। हामीले कर्तव्यबोध गरेर काम गर्नुपर्छ। सुशासन कायम गर्नुपर्छ। जनता कुशासनले आजित भएका छन्, हामीले सुधार गर्नुपर्ने धेरै कुरा छन्। युवालाई रोजगारी चाहिएको छ, स्वास्थ्य र शिक्षा जस्ता आधारभूत विषयमा काम गर्नुपर्ने छ। त्यसैले देश सम्हाल्न राष्ट्रिय दलले कर्तव्य बोध गरेर काम गर्नुपर्ने हुन्छ।'

सभापति थापाले देशमा जोशसँगै होसका साथ र उत्साहसँगै अनुभवका साथ आगामी दिनमा काम गर्नुपर्ने दायित्व रहेको बताए। जनतालाई परिणाम दिनुपर्ने समय आएको उल्लेख गर्दै उनले अब आनाकानी गर्ने छुट नभएको बताउनुभयो। सबै दललाई साथमा लिएर स्थायित्व हुने काम गर्नुपर्ने सभापति थापाको भनाइ थियो।

कांग्रेसले नतिजा दिने गरी काम गर्ने सभापति थापाले बताए। सर्लाही–४ का मतदातासँग भेटघाट गर्दै उनले प्राथमिकताका आधारमा शिक्षा, स्वास्थ्य, कृषिलगायतका क्षेत्रमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित: Feb 15, 2026| 18:44 आइतबार, फागुन ३, २०८२
प्रतिक्रिया दिनुहोस्