आइतबार, फागुन ३, २०८२

रुकुमको समग्र विकासका लागि उम्मेदवार बनेर आएँ : प्रचण्ड

 |  आइतबार, फागुन ३, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ३, २०८२

रुकुमपूर्व। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) ले पुथा उत्तरगंगा गाउँपालिका–६ मयाङमा जनभेटघाट गरेका छन्।

National life

जनतासँगको भेटघाटका क्रममा उनले विगतमा जनयुद्धका क्रममा गरिएको संघर्षलाई स्मरण गर्दै यसपटक विकास र समृद्धिको एजेन्डा लिएर जनतामाझ आएको बताएका हुन्।

‘परिवर्तनका लागि बन्दुक बोकेर आएको ठाउँमा यस पटक म विकासका लागि तपाइँहरूको माझमा उम्मेदवारको टिकट लिएर आएको छु। मत दिएर विजयी गराउनुहोला,’ उनले भने।

उनले स्वाधीन र समृद्ध नेपाल निर्माण पार्टीको प्रमुख लक्ष्य रहेको उल्लेख गर्दै त्यसका लागि जनताको साथ र समर्थन आवश्यक रहेको बताए।

‘म स्वाधीन समृद्ध नेपाल निर्माणका लागि भिजन लिएर आफ्नो आधारभूमिका जनतासमक्ष नयाँ ऊर्जा लिन आएको हुँ,’ उनले भने।
कार्यक्रममा स्थानीय बासिन्दाहरूले उल्लेख्य उपस्थित भई संयोजक प्रचण्डलाई स्वागत गरेका थिए। सहभागीहरूले आफ्नो क्षेत्रको विकास, पूर्वाधार विस्तार, रोजगारी सिर्जना तथा आधारभूत सेवा सुदृढीकरणका विषयमा चासो व्यक्त गरेका थिए।
 

Laxmi sunrise bank

प्रकाशित: Feb 15, 2026| 17:15 आइतबार, फागुन ३, २०८२
प्रतिक्रिया दिनुहोस्