शनिबार, फागुन २, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • संकल्प पत्र सार्वजनिक गर्दै लिङ्देनले भने : लुटतन्त्र र निषेधको राजनीतिविरुद्ध सदन जाँदैछौं

संकल्प पत्र सार्वजनिक गर्दै लिङ्देनले भने : लुटतन्त्र र निषेधको राजनीतिविरुद्ध सदन जाँदैछौं

 |  शनिबार, फागुन २, २०८२

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २, २०८२

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले (राप्रपा) संकल्प-पत्र सार्वजनिक गरेको छ। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गर्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले संकल्प पत्र सार्वजनिक गरेका हुन्।

National life

सो अवसरमा बोल्दै अध्यक्ष लिङ्देनले लोकतन्त्रको नाममा कायम रहेको लुटतन्त्र र निषेधको राजनीतिको विपक्षमा सदन र सडकमा सशक्त ढङ्गले प्रस्तुत गर्ने बताएका हुन्।

उनले जेनजी विद्रोह राप्रपाले लामो समयदेखि शान्तिपूर्ण र शालीन ढङ्गबाट उठाउँदै आइरहेको आमूल परिवर्तनको आवाजलाई ठूला राजनीतिक दलहरूले गरेको नजरअन्दाजको प्रतिफल भएको दाबी गरे।

‘ठूला ठानिएका राजनीतिक दलहरूको अकर्मण्यता र असफलता, चरम भ्रष्टाचार र कुशासनका साथै विद्यमान शासकीय प्रणालीमा आमूल परिवर्तनको लागि गत भदौ २३ र २४ गते नवयुवाहरू जेनजी विद्रोहमा निस्कनु परेको र उक्त विद्रोहबाट मुलुकले जनधनको अपूरणीय क्षति व्यहोर्नुपरेको यथार्थता हाम्रासामु छर्लङ्ग छ। अर्को शब्दमा भन्ने हो भने उक्त विद्रोह राप्रपाले विगत लामो समयदेखि शान्तिपूर्ण र शालीन ढङ्गबाट उठाइ आइरहेको आमूल परिवर्तनको आवाजलाई ठूला ठानिएका राजनीतिक दलहरूले गरेको नजरअन्दाजको प्रतिफल हो भन्ने राप्रपाको ठम्याइ रहेको छ,’ सङ्कल्प-पत्र उल्लेख गरेको छ।

विद्रोहमा मुखरित नवयुवाहरूको परिवर्तनको चाहनालाई मूर्तरूप दिन र विद्रोहका भावनालाई संस्थागत गर्नुको सट्टा देशी, विदेशी शक्ति केन्द्रको प्रत्यक्ष, अप्रत्यक्ष प्रभावमा मुलुकलाई गलत बाटोतर्फ डोरर्याउने काम भइरहेको संकल्पपत्रमा उल्लेख छ।
 

Laxmi sunrise bank

प्रकाशित: Feb 14, 2026| 16:10 शनिबार, फागुन २, २०८२
प्रतिक्रिया दिनुहोस्