आइतबार, फागुन ३, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • युवाहरूमा राष्ट्रियता, देशभक्ति, नेतृत्व र राष्ट्रसेवाजस्ता गुण विकास हुनु सकारात्मक छ : राष्ट्रपति पौडेल 

युवाहरूमा राष्ट्रियता, देशभक्ति, नेतृत्व र राष्ट्रसेवाजस्ता गुण विकास हुनु सकारात्मक छ : राष्ट्रपति पौडेल 

 |  शुक्रबार, फागुन १, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १, २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विश्वव्यापी अवधारणाको रूपमा स्थापित राष्ट्रिय क्याडेट कोर (एनसीसी)ले युवाहरूमा राष्ट्रियता, देशभक्ति, नेतृत्व, आत्मविश्वास र राष्ट्रसेवाजस्ता गुणहरू विकास तथा प्रवर्धन गर्नु सकारात्मक पक्ष भएको बताएका छन्।

National life

एनसीसी युथ एक्सचेन्ज प्रोग्राम अन्र्तगतका सहभागीहरूका लागि राष्ट्रपति शीतल निवासमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो धारणा व्यक्त गरेका हुन्।

'यसले विभिन्न देशका युवालाई एकत्रित गरेर उनीहरूलाई वफादार, अनुशासित, जिम्मेवार, भविष्यका प्रभावशाली नेतृत्वकर्ता र असल नागरिकको रूपमा रूपान्तरण गर्ने काम गर्दै आएको छ, यसले युवाहरूमा राष्ट्रियता, देशभक्ति, नेतृत्व, आत्मविश्वास र राष्ट्रसेवाजस्ता गुणहरू विकास तथा प्रवर्धनको काम गर्नु खुसीको विषय हो', राष्ट्रपति पौडेलले भने।

उनले यसप्रकारको युवा आदान–प्रदान कार्यक्रमले नेपाली सेनाले मित्र राष्ट्रका  सेनासँग आपसी सम्बन्धलाई बलियो बनाउनुका साथै क्याडेटहरूबीच सीप, संस्कृति र परम्पराहरूको आदान–प्रदान गर्ने सुनौलो अवसर समेत प्राप्त गरेको बताए।
 
नेपालका क्याडेटहरूले हालै भारत, भुटान, पाकिस्तान, र माल्दिभ्समा आयोजित युवा आदान–प्रदान कार्यक्रममा भाग लिई आफूलाई थप विकास गर्ने अवसर पाएको तथा यस्ता कार्यक्रमबाट एकआपसमा सामाजिक, आर्थिक र सांस्कृतिक यथार्थबारे राम्ररी बुझ्न र जान्न सकिने उनको भनाई थियो। 

'यस युवा आदान–प्रदान कार्यक्रमले हामीहरूबिचमा रहेका सम्बन्धलाई थप सुमधुर बनाउँदै विश्व नै एक समुदाय हो भन्ने सन्देश प्रवाह गर्नेछ भन्ने मेरो विश्वास छ', राष्ट्रपति पौडेलले भने।

Laxmi sunrise bank

प्रकाशित: Feb 13, 2026| 15:23 शुक्रबार, फागुन १, २०८२
प्रतिक्रिया दिनुहोस्