मंगलबार, जेठ २६, २०८३

कांग्रेस सभापति थापालाई विराटनगरमा स्वागत

 |  सोमबार, माघ २६, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, माघ २६, २०८२
National life
Shivam cement

विराटनगर। नेपाली कांग्रेसका सभापति गगन थापालाई विराटनगर विमानस्थलमा समर्थक तथा पार्टी कार्यकर्ताले भव्य स्वागत गरेका छन्।

सोमबार कोशी प्रदेशस्तरीय कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सहभागी हुन विराटनगर आइपुगेका सभापति थापालाई पार्टीका नेता–कार्यकर्ता, भातृ संगठनका प्रतिनिधि तथा समर्थकहरूले फूलमाला र नाराबाजीसहित स्वागत गरेका हुन्।

विमानस्थलमा संक्षिप्त भेटघाटपछि थापा प्रदेशस्तरीय कार्यक्रमका लागि विराटनगरमा सहभागी हुनेछन्। त्यसपछि उनी कार्यकर्तासँग भेटघाट गर्दै सर्लाही जाने कार्यतालिका रहेको छ। कार्यक्रममार्फत संगठन सुदृढीकरण, समसामयिक राजनीतिक अवस्था र आगामी रणनीतिबारे छलफल हुने जनाइएको छ।

प्रकाशित: Feb 09, 2026| 16:52 सोमबार, माघ २६, २०८२
प्रतिक्रिया दिनुहोस्