बिहीबार, चैत २६, २०८२

तारामान गुरुङको नेतृत्वमा कांग्रेसले गठन गर्‍यो अनुशासन समिति

 |  आइतबार, माघ २५, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, माघ २५, २०८२

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्य तारामान गुरुङको नेतृत्वमा तीन सदस्यीय अनुशासन समिति गठन गरेको छ ।

National life

आइतबार बिहान बसेको कार्यसम्पादन समितिको बैठकले अनुशासन समिति गठन गर्ने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए। उनका अनुसार गुरुङ नेतृत्वको समितिमा थप दुई सदस्यमा केन्द्रीय सदस्यद्वय धना खतिवडा र सुवासकुमार पोखरेल सदस्य छन्।

बैठकले उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गरेको ‘नेपाली कांग्रेस प्रतिनिधि सभा निर्वाचन परिचालन निर्देशिका –०८२’ र ‘नेपाली कांग्रेस सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका-०८२’ लाई परिमार्जनसहित पारित गरेको प्रवक्ता चालिसेले बताए।

विशेष महाधिवेशनअघि शेरबहादुर देउवा नेतृत्वमा रहँदा आनन्द ढुंगाना संयोजक रहेको अनुशासन समिति थियो।

विधान अनुसार अनुशासन समिति ५ सदस्यीय हुने व्यवस्था छ।

kumari

WhatsApp-Image-2026-02-08-at-5.23.37-PM-1770551386.jpeg
 

प्रकाशित: Feb 08, 2026| 17:34 आइतबार, माघ २५, २०८२
प्रतिक्रिया दिनुहोस्