आइतबार, माघ २५, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • देउवाका बाँकि सपना पूरा गर्ने प्रतिवद्धतासहित गाउँबस्तीमा जनमन सुन्दै नैनसिंह महर

देउवाका बाँकि सपना पूरा गर्ने प्रतिवद्धतासहित गाउँबस्तीमा जनमन सुन्दै नैनसिंह महर

 |  आइतबार, माघ २५, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, माघ २५, २०८२

काठमाडौं । नेपाली कांग्रेस प्रतिनिधिसभा सदस्य डडेलधुरका उम्मेदवार नैनसिंह महरले जनताको घरदैलो अभियानलाई तीव्रता दिएका छन्।

National life

महरले जनताको घरदैलोमा पुगेर जनमनका कुरा सुनिरहेका छन्। उनले तडकभडक नभइ संस्कारयुक्त चुनावी प्रचार अभियान थालेका छन्।

उनले टोलटोल र जनताको घरमा जाने, आफ्ना धारणा राख्ने र जनताका कुरा सुन्ने गरेका छन्। उनी भड्किला चुनावी सभामा केन्द्रित छैनन्। कसैको विरोधमा उत्रिएका छैनन्। आफ्ना चुनावी एजेण्डा बोकेर जनतामाझ पुगिरहेका छन्।

होटल होटलमा महरको चुनावी जमघट हुँदैन। उनी कार्यकर्ताका बीचमा रहेर जनतासँगै खाना खाइरहेका छन्। उनीहरूकै कुरा सुनिरहेका छन्। महर विद्यार्थी राजनीतिबाट खारिएर आएका बौद्धिक छवी बनाउन सफल नेता हुन्।

यसपटक पूर्वप्रधानमन्त्री एवं कांग्रेस निवर्तमान सभापति शेरबहादुर देउवाको उत्तराधिकारी बनेर उनी डडेलधुरा पुगेका छन्। महरलाई देउवाको विरासत जोगाउने चुनौति छ। 

Laxmi sunrise bank

महर डडेलधुरामा कांग्रेस एकतावद्ध रहेकाले जित सुनिश्चित रहेको बताउँछन्। 'अग्रज नेताहरूको हात समातेर म डडेलधुराका गाउँबस्तीमा तातेताते गरिरहेको छु। युवाहरूको जोशलाई पनि म हातेमालो गरेर अगाडि बढेको छु। मेरा श्रद्वये नेता शेरबहादुर देउवाको मलाई आशिरवाद छ। कांग्रेस डडेलधुरा सभापति भीमबहादुर साउद, आदरणीय नेताहरू गोविन्द बोहरा, रघुवर भट्टलगायत थुप्रै नेताहरूले मलाई जिल्लामा डोर्‍याइ रहनु भएको छ। जनताको सुझाव, प्रतिक्रिया र साथ पनि मैले राम्रो पाइरहेको छु,' उनले भने।

'म युवा जोश र समृद्ध चेतना भएको व्यक्ति हु। यही माटो र जनताको आशिरवादका कारण म नेविसंघ अध्यक्ष हुँदै मुलधारको राजनीति गरिरहेको छु। म आफ्नो विचार प्रस्ट राख्न सक्ने क्षमता राख्छु। मैले डडेलधुराको माटो चिनेको छु। यहाँका जनताका समस्या अवगत छन्। सदनमा ती समस्यालाई बुलन्द रुपमा उठाएर समाधानका लागि मैले नेतृत्व लिन सक्छु,' उनले भने।

महरले आफूलाई देउवाले आफ्नो उत्तराधिकारीको रुपमा पठाएको बताएका छन्। 'विश्वास गरेर श्रद्धय नेता शेरबहादुर देउवाले युवा अनुहारका रुपमा मलाई पठाउनु भएको छ। आफ्ना बाँकि रहेका योजना र सपना पूरा गर्न उहाँले डडेलधुरा पठाउनु भएको हो। उहाँका सपना पूरा गर्न म सधैँ प्रतिवद्ध रहने छु,' उनले भने।

समृद्ध डडेलधुराको सपना साकार पार्न सधैँ अग्रमोर्चमा रहेर काम गर्ने महरले जनतामाझ बाचा गरिरहेका छन्। 'श्रद्वेय नेता शेरबहादुर देउवाको शीर उचो हुने गरी काम गर्ने छु। डडेलधुरा देव भूमि हो। यस पावन भूमिले भीमदत्त पन्त, द्वारिकादेवी ठकुरानी, एनडी प्रकाश चटौत, शेरबहादुर देउवा जस्ता सपुत जन्माएको छ। नेपालको लोकतान्त्रिक आन्दोलनमा उहाँहरूको अतुलनीय योगदान छ। जुन हामी सबैका लागि गौरवको विषय हो। उहाँहरूका सपना पूरा गर्ने पार्टी कांग्रेस मात्र हो। त्यसैले मलाई विजयी गराउन म जनतासँग आग्रह गर्दछु,' उनले भने।

जनताको पार्टी भएकाले कांग्रसले मात्रै जनभावना अनुसार काम गर्ने महरले बताएका छन्। 'आकासे दलको भर छैन। खहरे जस्तै आएका राजनीतिक दल कतिखेर विलिन हुन्छन्, थाहा हुँदैन। त्यसैले राष्ट्रिय अन्तर्राष्ट्रिय विस्वास जितेको प्रत्येक राजनीतिक परिवर्तनको नेतृत्वदायी भूमिका निर्वाह गरेको कांग्रेसलाई विजयी गराउनु नै अहिलेको आवस्यकता हो,' उनले भने।

अहिले देश असहज परिस्थितिमा रहेकाले यसको सही निकास दिन सक्ने पार्टी पनि नेपाली कांग्रेस भएको महरले बताएका छन्। 'राणा शासनको अन्त्य कांग्रेस नेतृत्वमै भयो। राजतन्त्रको अन्त्य कांग्रेसले नै गर्‍यो। सशस्त्र द्वन्द्वमा रहेको माओवादीलाई शान्ति प्रक्रियाको मूल धारमा ल्याउने काम कांग्रेस नेतृत्वमै भयो। संविधान कांग्रेस नेतृत्वकै सरकारले जारी गर्‍यो। त्यसैले मुलुक अप्ठ्यारोमा पर्दा सधैँ अभिभावकीय निर्वाह गर्ने पार्टी कांग्रेस हो। यस पटक पनि मुलुक असहज परिस्थितिमा रहेकाले राजनीतिक निकासका लागि कांग्रेसको जित आवस्यक छ,' उनले भने।

पहाडकी रानीका रुपमा रहेको डडेलधुराको विकासका लागि कांग्रेसले थुप्रै काम गरेको र आगामी दिनमा पनि बाँकि रहेका कामलाई पूरा गर्ने उनले बताए। ‘हामीले डडेलधुरा सदरमुकामलाई पहाडकी रानी भन्छौं। यसको विकास गर्नुपर्ने छ। यसको सुन्दरतामा थप इट्टा थप्दै पर्यटकको आगमनलाई पढाउनुपर्ने छ। अजयमेरु कोटलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नुपर्ने छ। भागेश्वर धामको धार्मिक संरक्षण तथा प्रवर्द्धन गर्नुपर्ने छ,’ उनले भने। डडेलधुरा ३४ वर्षदेखि देउवा चुनाव जित्दै आएको क्षेत्र हो।

प्रकाशित: Feb 08, 2026| 17:05 आइतबार, माघ २५, २०८२
प्रतिक्रिया दिनुहोस्