आइतबार, माघ २५, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • जेनजी आन्दोलनले नेपाल प्रहरीमा भौतिक र मानसिक असर पारेको छ : गृहमन्त्री अर्याल

जेनजी आन्दोलनले नेपाल प्रहरीमा भौतिक र मानसिक असर पारेको छ : गृहमन्त्री अर्याल

 |  आइतबार, माघ २५, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, माघ २५, २०८२

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले गत भदौमा भएको जेनजी आन्दोलन तथा त्यससँग सम्बन्धित घटनाक्रमले नेपाल प्रहरीलाई भौतिक र मानसिक दुवै रूपमा गहिरो प्रभाव पारेको बताएका छन्। नेपाल प्रहरी रणनीतिक सम्मेलनलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले ती घटनाका कारण संगठनभित्र चुनौती उत्पन्न भएको उल्लेख गर्दै संगठनात्मक क्षमताको पुनःस्थापना आवश्यक रहेको धारणा राखे।

National life

उनले भने, ‘गत भदौमा भएको जेनजी आन्दोलन र त्यसै सन्दर्भमा भएका घटना परिघटनाहरुको प्रमुख प्रभाव भौतिक र मानसिक रुपमा समेत नेपाल प्रहरीमा अत्यन्त पर्न गएको छ। सांगठनिक क्षमताहरुको पुनःस्थापना, सुरक्षा र अपराधका नविनतम चुनौतिहरु सम्बोधन गर्न सक्ने सक्षम र सुदृढ संगठन निर्माणका लागि नेपाल प्रहरी रणनीतिक सम्मेलन अत्यन्त उपयोगी हुने छ भन्ने विश्वास लिएको छु। यस सम्मेलनका निष्कर्षहरु नेपाल प्रहरीका रणनीति र योजनाहरुको कार्यान्वयनमा नीतिगत रुपमा गृहमन्त्रालय र नेपाल सरकारको उच्च समर्थन सहयोग रहने प्रतिवद्धता समेत व्यक्त गर्न चाहन्छु।’

सुरक्षा तथा अपराधका नवीनतम चुनौतीहरूलाई सम्बोधन गर्न सक्षम र सुदृढ प्रहरी संगठन निर्माणका लागि उक्त सम्मेलन अत्यन्त उपयोगी हुने विश्वास व्यक्त गरे। उनले सम्मेलनबाट प्राप्त निष्कर्षहरूलाई नेपाल प्रहरीका रणनीति तथा योजनाको कार्यान्वयनमा नीतिगत रूपमा गृहमन्त्रालय र नेपाल सरकारको उच्चस्तरीय समर्थन रहने प्रतिबद्धता पनि जनाए।

यसैगरी, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले नेपाल प्रहरीको मूलमन्त्र ‘सत्य, सेवा, सुरक्षा’ रहेको उल्लेख गर्दै प्रहरी कर्मचारीहरूले यस मन्त्रलाई आत्मसात् गर्नुपर्ने बताए। उनले नेपालको संविधान, प्रहरी ऐन तथा प्रचलित कानुनअनुसार नेपाल प्रहरीलाई शान्ति, सुरक्षा र सुव्यवस्था कायम राख्ने, कानुनको प्रभावकारी कार्यान्वयन गर्ने, अपराध रोकथाम तथा अनुसन्धान गर्ने र मानव अधिकारको संरक्षण गर्दै जनउत्तरदायी तथा व्यावसायिक प्रहरी सेवा प्रदान गर्ने जिम्मेवारी रहेको स्पष्ट पारे। प्रहरी महानिरीक्षक कार्कीले जिम्मेवारीको दायरा जति व्यापक हुँदै गएको छ, त्यति नै प्रहरीप्रतिको जनअपेक्षा पनि बढ्दै गएको उल्लेख गरे।

उनले भने, ‘नेपाल प्रहरीको मूलमन्त्र सत्य सेवा, सुरक्षणम नै मूल मन्त्र हो। प्रहरी कर्मचारीहरुले सत्य सेवाको मूल मन्त्रलाई आत्मसात गर्दै नेपालको संविधान, प्रहरी ऐन तथा प्रचलित कानुनले नेपाल प्रहरीलाई शान्ति, सुरक्षा र सुव्यवस्था कायम राख्ने, कानुनको प्रभावकारी कार्यानवयन गर्ने, अपराध रोकथाम तथा अनुसन्धान गर्ने र मानव अधिकारको संरक्षण गर्दै जनउत्तरदायी एवम् व्यवसायीक प्रहरी सेवा प्रदान गर्ने जिम्मेवारी प्राप्त छ। यो जिम्मेवारीको दायरा जति व्यापक छ हामीप्रतिको जनअपेक्षा त्यति नै वृहत छ। संघीय शासन प्रणालीको कार्यान्वयन सँगै नेपाल प्रहरीको भूमिका यसको दायित्व, कार्यक्षेत्र अझ व्यापक बहुआयामिक बन्दै गइरहेको छ।’ संघीय शासन प्रणाली कार्यान्वयनसँगै नेपाल प्रहरीको भूमिका, दायित्व र कार्यक्षेत्र थप व्यापक र बहुआयामिक बन्दै गएको उनको भनाइ छ।
 

Laxmi sunrise bank

प्रकाशित: Feb 08, 2026| 11:21 आइतबार, माघ २५, २०८२
प्रतिक्रिया दिनुहोस्