बुधबार, माघ २१, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • सामाजिक सञ्जालमा मतप्रश्न नगर्न जिल्ला प्रशासन कार्यालय झापाको निर्देशन

सामाजिक सञ्जालमा मतप्रश्न नगर्न जिल्ला प्रशासन कार्यालय झापाको निर्देशन

 |  बुधबार, माघ २१, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, माघ २१, २०८२

National life
Laxmi sunrise bank

काठमाडौं। जिल्ला प्रशासन कार्यालय झापाले मतदाताको गोपनीयता उल्लङ्घन हुनसक्ने घटनाबारे सचेत गराएको छ। निर्वाचन आचारसंहिता उल्लङ्घन हुनसक्ने अनलाइन गतिविधिप्रति चेतावनी दिएको छ।

कार्यालयले जारी गरेको सूचनामा भनिएको छ ,‘फेसबुक, युट्युव लगायतका सामाजिक सञ्जालको प्रयोग गरी केही अनलाइन सञ्चार माध्यमले सर्वसाधारण तथ मतदाताहरूसँग के कुन दल वा उम्मेदवार वा निर्वाचन चिह्नमा मतदान गर्नुहुन्छ भन्ने प्रश्न गरी मतदाताको गोपनीयता भङ्ग गर्ने कार्य गरिरहेको जानकारी प्राप्त भएकोले उक्त कार्य निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ (द) बमोजिम आचारसंहिता उल्लङ्घनको कार्य भएको हुँदा यो सूचना जारी भए पश्चात् कोही कसैबाट यस प्रकारको कार्य भए गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारवाहीको प्रक्रिया अघि बढाइने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ।’

जिल्ला प्रशासन कार्यालयले यस प्रकारको कार्य निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ (द) अनुसार उल्लङ्घन हुने भएकाले यस्तो नगर्न आग्रह गरेको छ। प्रशासन कार्यालय झापाले सूचना जारी भएपश्चात पनि यस प्रकारको कार्य भएमा प्रचलित कानुन अनुसार कारबाही गरिने जनाएको छ।
कार्यालयले सर्वसाधारण र सम्बन्धित सबैलाई यसबारे सचेत रहन अनुरोध गरेको छ।
 

प्रकाशित: Feb 04, 2026| 15:53 बुधबार, माघ २१, २०८२
प्रतिक्रिया दिनुहोस्