मंगलबार, जेठ २६, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • स्वास्थ्य बिमाका समस्या समाधानका लागि सरोकारवालासँग छलफल गर्दै प्रधानमन्त्री कार्की

स्वास्थ्य बिमाका समस्या समाधानका लागि सरोकारवालासँग छलफल गर्दै प्रधानमन्त्री कार्की

 |  बुधबार, माघ २१, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, माघ २१, २०८२
National life
Shivam cement

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बिमा कार्यक्रममा देखिएका समस्या समाधानका लागि छलफल गर्ने भएकी छन्। 

यसै क्रममा सरोकार भएका पक्षसँग छलफल गर्न उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज अपराह्न बैठक आह्वान गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
    
केही समयअघिदेखि देशका विभिन्न भागमा रहेका अस्पतालहरूले स्वास्थ्य बिमाबापतको रकम स्वास्थ्य बिमा बोर्डले भुक्तानी नदिँदा सेवा बन्द गर्ने निर्णय गरेका थिए। स्वास्थ्य सेवा प्रदायक संस्थाहरूले लामो समयदेखि बिमाबापत रकम नपाउँदा सेवा प्रवाह गर्न कठिन भएको जनाएका छन्। 

स्वास्थ्य बिमा बोर्डका अनुसार देशभर सूचीबद्ध स्वास्थ्य संस्थालाई रु १० अर्बभन्दा बढी रकम भुक्तानी गर्न बाँकी छ।

प्रकाशित: Feb 04, 2026| 10:28 बुधबार, माघ २१, २०८२
प्रतिक्रिया दिनुहोस्