मंगलबार, माघ २०, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • तपाईंजत्तिको विकल्प अरु छैनन् भन्ने प्रतिक्रिया मिलेको छः महामन्त्री पौडेल

तपाईंजत्तिको विकल्प अरु छैनन् भन्ने प्रतिक्रिया मिलेको छः महामन्त्री पौडेल

 |  मंगलबार, माघ २०, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २०, २०८२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले काठमाडौं ५ मा मतदाताबाट उत्साही प्रतिक्रिया प्राप्त गरेको बताएका छन्।

National life

बालुवाटारमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विगतमा आफू सांसदका रुपमा गरेको कामका आधारमा मतदाताले सकारात्मक प्रतिक्रिया दिएको बताए। ‘तपाईंलाई भोट दिन्छौं, तपाईंजत्तिको विकल्प अरु छैन भनेर प्रतिक्रिया प्राप्त भएको छ,’ उनले भने।

आफू सांसद रहँदा विष्णुमति करिडोको रेखांकन गरेर सडक निर्माणको काम निरन्तर भैरहेको उनले बताए।

काठमाडौं ५ बाट कांग्रेस उम्मेदवार समेत रहेका महामन्त्री पौडेलले सांसदका रुपमा थुप्रै काम गरे पनि पर्याप्त प्रचार हुन नसकेकाले मतदातामाझ भएका कामको प्रचार आवश्यक रहेको बताए।

‘रिंगरोड भद्रगोल अवस्थामा थियो,’उनले भने,‘अहिले धमाधम काम भैरहेको छ।’ रिंगरोडभित्र विगतमा मेलम्चीको खानेपानी चुहिएर जताततै देखिएको समस्या समेत आफ्नै पहलमा समाधान भएको र सडकको दुरावस्था कम भएको उनले बताए।

Laxmi sunrise bank

मेलम्ची खानेपानी आयोजनाअन्र्तगतको पानी रिङरोडबाहिर समेत वितरण गर्ने गरी काम अघि बढेको र हाल बूढानीलकण्ठ तथा टोखा नगर क्षेत्रमा समेत धारा जडान भएर पानी वितरण भएको उनले बताए।

‘हामी आइसके पछि निरन्तर पैरवी गरेर रिङ्गरोडबाहिर पनि पानी वितरण सम्भव भएको हो,’ उनले भने, ‘हाम्रा नेता डा. प्रकाशशरण महत अर्थमन्त्री हुँदा यो सम्भव भएको थियो।’

मन्त्री पौडेलले नेपालमै पहिलो पटक स्थानीय तहले आवश्यक जमिन समेत किन्ने गरी धनेश्वरमा नमूना खेल मैदानको काम भैरहेको पनि बताए।

‘एक प्रतिष्पर्धीले नगर र वडाले गर्ने काम गरेको भन्ने सुनियो,’ उनले भने, ‘कसको के-के प्रयास र कसरी सम्भव भयो यहाँहरुलाई थाहै छ।’

प्रकाशित: Feb 03, 2026| 18:43 मंगलबार, माघ २०, २०८२
प्रतिक्रिया दिनुहोस्