आइतबार, माघ १८, २०८२

राष्ट्रिय मुद्दा र एजेण्डामा दृढतापूर्वक उभिने छु : ईश्वर पोखरेल

 |  आइतबार, माघ १८, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, माघ १८, २०८२

काठमाडौं। नेकपा एमालेका नेता एवम काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार ईश्वर पोखरेलले राष्ट्रिय मुद्दा र एजेण्डामा दृढतापूर्वक उभिने प्रतिवद्धता व्यक्त गरेका छन्।

National life

आइतबार काठमाडौंमा आयोजित निर्वाचन परिचालन कमिटी घोषणा कार्यक्रमा बोल्दै उनले कोही मानिस अनियमितता र भ्रष्टाचारमा संलग्न हुन्छ भने त्यो एमाले हुन नसक्ने भन्दै दोषी देखिए दण्डको भागेदार हुनुपर्ने धारणा राखे।

उनले भने,‘कोही मानिस अनियमितता र भ्रष्टाचारमा संलग्न हुन्छ भने त्यो एमाले हुन सक्दैन्। कोही संलग्न देखियो भने त्यो एमाले होइन्। त्यो कानुनी दायरामा आउनुपर्छ र दण्डका भागेदार हुने छन्। यो एमालेको प्रतिवद्धता हो। राष्ट्रिय मुद्दा र एजेण्डामा दृढतापूर्वक उभिने छु।’
त्यस्तै उनले आफूबाट कुनैपनि कानुन विपरितका र अनियमितताका कुरा नहुने बताउँदै त्यस्तो भयो भने जस्तो सजाय पनि स्वीकार रहेको बताए।

‘म कुनै पनि कानुन विपरितका, अनियमितताका कुरा म बाट हुने छैन्। त्यस्तो भयो भने तपाईहरुले दिएको जस्तो सजाय पनि स्वीकार्य छ,’उनले भने।

पोखरेलले उम्मेदवार बनाउने कुरा रहर र लहरले नहुने बताउँदै भने,‘तपाई कतिपटक उम्मेदवार बन्ने जिज्ञासा आउन सक्छ। म भन्छु उम्मेदवार बनाउने कुरा रहर र लहरले हुँदैन्। कसैलाई रहर लाग्यो कसैलाई लहर चल्यो त्यही आधारमा उम्मेदवार बन्ने कुरा हुँदैन्। त्यो एउटा विधि र प्रक्रियाबाट हुन्छ।’

Laxmi sunrise bank

उनले अहिले जातिय सद्भाव खलबल्याउने प्रयास भइरहेको बताउँदै त्यसको विपक्षमा एमाले खडा हुने बताए।
 

प्रकाशित: Feb 01, 2026| 20:48 आइतबार, माघ १८, २०८२
प्रतिक्रिया दिनुहोस्