शनिबार, माघ १७, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • रास्वपा उम्मेदवार भट्टले बढाए रसुवामा घरदैलो अभियान, विकासको प्रतिवद्धता व्यक्त

रास्वपा उम्मेदवार भट्टले बढाए रसुवामा घरदैलो अभियान, विकासको प्रतिवद्धता व्यक्त

 |  शनिबार, माघ १७, २०८२

नेपाल समय

नेपाल समय

शनिबार, माघ १७, २०८२

रसुवा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रसुवा प्रतिनिधिसभा उम्मेदवार वसन्त भट्ट यतिबेला जनताको घरदैलो अभियानमा सक्रिय छन्। घर–घर पुगेर मतदाता भेटिरहेका भट्टले यसपटक आफूलाई घण्टी चिन्हमा मतदान गरेर जिताउन आग्रह गरिरहेका छन्।

National life

उनले रास्वपाले मात्र जनताको परिवर्तनको चाहनालाई पूरा गर्ने भएकाले आफूहरूलाई जिताउन आग्रह गरिरहेका हुन्। घरदैलोका क्रममा स्थानीयसँगको प्रत्यक्ष संवादबाट परिवर्तनप्रतिको चाहना अझ प्रष्ट भएको भट्टको भनाइ छ।

उनले भाषणभन्दा काम र परिणामलाई प्राथमिकता दिने प्रतिबद्धता जनाउँदै रसुवाका जनताको आफूप्रतिको भरोसालाई व्यवहारबाट प्रमाणित गर्ने बताएका छन्।

भट्ट नेपाली कांग्रेसका पूर्वसांसद मोहन आचार्य र एमालेका प्रेम तामाङसँग प्रतिस्पर्धामा छन्। चुनावी अभियानकै क्रममा भट्टले रोजगारी सिर्जना, पर्यटन र कृषिको पुनर्जागरण, जलविद्युत् परियोजनामा स्थानीय स्वामित्व, सुशासन तथा भ्रष्ट अभ्यास अन्त्यलाई आफ्नो मुख्य एजेन्डा अघि सारेका छन्।

तामाङ समुदायको बाहुल्य रहेको रसुवामा घरदैलो गर्दा मतदाताबाट उत्साहजनक प्रतिक्रिया पाइरहेको बताउँदै भट्टले यसपटकको निर्वाचनमा घण्टी चिन्ह परिवर्तनको प्रतीक बन्ने विश्वास व्यक्त गरेका छन्।

Laxmi sunrise bank

प्रकाशित: Jan 31, 2026| 22:21 शनिबार, माघ १७, २०८२
प्रतिक्रिया दिनुहोस्