मंगलबार, जेठ २६, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेसले फागुन २१ को चुनावका लागि केन्द्रीय संयन्त्र देशभर परिचालन गर्ने

कांग्रेसले फागुन २१ को चुनावका लागि केन्द्रीय संयन्त्र देशभर परिचालन गर्ने

 |  शनिबार, माघ १७, २०८२

नेपाल समय

नेपाल समय

शनिबार, माघ १७, २०८२

काठमाडौं । आगामी फागुन २१ गते हुने चुनावलाई लक्षित गर्दै नेपाली कांग्रेसले केन्द्रीय परिचालना समिति तथा केन्द्रीय सदस्यहरूलाई देशभरका सबै जिल्ला र निर्वाचन क्षेत्रमा परिचालन गर्ने निर्णय गरेको छ। 

National life

नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार संगठनलाई निर्वाचनमा प्रभावकारी रूपमा होम्याउन केन्द्रीय तहका सबै पदाधिकारी र सदस्यहरूलाई जिल्ला–क्षेत्रस्तरमा खटाउने तयारी गरिएको जानकारी दिए।

प्रवक्ता चालिसेले जनताबाट अनुमोदन प्राप्त गर्ने राजनीतिक संस्था कहिल्यै पूरानो नहुने स्पष्ट पार्दै व्यक्तिहरू मात्र समयसँगै पुराना हुने बताए। 

'पार्टी पुरानो हुँदैन, विचार नयाँ दिने हो, नेतृत्व नयाँ दिने हो,' उनले भने, 'विश्वभर नै पुराना पार्टीहरूमा नयाँ नेतृत्व उदाउँछन् र त्यही प्रक्रियाबाट भरोसायोग्य भविष्य निर्माण हुन्छ।'

उनले लोकतान्त्रिक अभ्यासमा नागरिकको मत निर्णायक हुने उल्लेख गर्दै आगामी निर्वाचनले देशको भावी दिशा तय गर्ने बताए। 'नागरिकले दिने मतले देशको भविष्य निर्धारण गर्छ,' चालिसेले भने, 'कांग्रेस नै देशको भविष्य हो भन्ने विश्वासका साथ पार्टी चुनावी मैदानमा उत्रिएको छ।'

Shivam cement

प्रकाशित: Jan 31, 2026| 16:59 शनिबार, माघ १७, २०८२
प्रतिक्रिया दिनुहोस्