शुक्रबार, चैत २७, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • निष्पक्ष र धाँधलीरहित निर्वाचन भए नेकपा पहिलो पार्टी बन्छ : प्रचण्ड

निष्पक्ष र धाँधलीरहित निर्वाचन भए नेकपा पहिलो पार्टी बन्छ : प्रचण्ड

 |  शुक्रबार, माघ १६, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १६, २०८२

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आसन्न निर्वाचनमा नेकपा पहिलो पार्टी बन्ने दाबी गरेका छन्।

National life

शुक्रबार रुकुम पूर्व–काठमाडौं सम्पर्क समन्वय समितिद्वारा आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले देश निर्वाचनमय भइसकेको भन्दै निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित भयो भने नेकपा पहिलो पार्टी बन्ने सम्भावना रहेको दाबी गरे।

उनले भने,‘अहिले सिंगो देश निर्वाचनमय भइसकेको छ। प्रश्न उठाउनेहरु पनि प्रश्नसँगै निर्वाचनमा सहभागी भइरहेका छन्। विश्वास छ निर्वाचनले वैधानिकता पाउँछ। यदी निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित र सुरक्षाकर्मी सबैले निष्पक्ष रुपमा भूमिका खेल्ने हो भने नेपाली कम्युनिष्ट पार्टी पहिलो बन्छ। समानुपातिकमा त म भन्न सक्दिनँ, किनभने नयाँ भन्नेको हावा चलेकै छ। तर तर प्रत्यक्षमा अगाडि हुन्छौं। प्रत्यक्ष र समानुपातिक जोड्दा सबैले मेहेनत गर्‍यौं भने देशमा फेरी एक नम्बर पार्टी नेपाली कम्युनिष्ट पार्टी बन्ने सम्भावना छ।’

उनले रुकुम पूर्वबाट उम्मेदवार बन्ने निर्णय लिनुको कारण केवल निर्वाचन जित्न मात्र नभई विकास, उत्पादन र रोजगारीको नयाँ ‘मोडेल’ खडा गरेर त्यसलाई समाजवादको रूपमा विकास गर्ने योजना रहेको सुनाए।

उनले भ्रष्टाचार विरोधी अभियान मन नपराउने वर्ग र तत्त्वले आफूलाई सरकारबाट बाहिर जान बाध्य पारेको स्मरण गरे।

kumari

अधुरा रहेका सुशासन र समृद्धिका अभियान पूरा गर्नका लागि जनताको र कार्यकर्ताको दृढता आवश्यक पर्ने भएकाले आफू पुनः जनताको बीचमा जान लागेको उनले धारणा राखे।
 

प्रकाशित: Jan 30, 2026| 17:37 शुक्रबार, माघ १६, २०८२
प्रतिक्रिया दिनुहोस्