शुक्रबार, चैत २७, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • बीमा क्षेत्रमा विनियोजित बजेटभन्दा बढि बीमा दाबी हुँदा समस्या आएको हो : मन्त्री गौतम

बीमा क्षेत्रमा विनियोजित बजेटभन्दा बढि बीमा दाबी हुँदा समस्या आएको हो : मन्त्री गौतम

 |  बिहीबार, माघ १५, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १५, २०८२

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्री सुधा गौतमले बीमा क्षेत्रमा विनियोजित बजेटभन्दा बढि बीमा दाबी हुँदा समस्या आएको बताएकी छिन्।

National life

बिहीबार काठमाडौंमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको ३० औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले यो वर्षको पूरा बजेट नै गत वर्षको ऋण तिरेर सक्किएको बताउँदै यो वर्षलाई बीमामा बजेट नभएको तर खर्च असिमित हुँदै गएको गुनासो गरिन्।

उनले भनिन्,‘मुख्य समस्या अहिले बीमामा हो। जति बजेट विनियोजन भएको थियो त्यो बजेटभन्दा धेरै बढि बीमा दाबी हुन थाल्यो। यो वर्षको पूरा बजेट नै गत वर्षको ऋण तिरेर सक्कियो। यो वर्षलाई बीमामा बजेट नै छैन तर खर्च असिमित हुँदैगयो।’

त्यस्तै उनले बीमामा महिनाको २ अर्ब खर्च हुन थालेको र सरकारले त्यो भुक्तानि गर्न नसक्ने अवस्था रहेको बताउँदै बीमामा सुधारको काम गरिरहेको जानकारी दिइन्।

‘बीमामा महिनाको २ अर्ब खर्च हुन थाल्यो त्यो दिन सक्ने अवस्था छैन। त्यहाँ चाँही हामीले बीमालाई कसरी हुन्छ सुधार गर्न आवश्यक छ, हामीले त्यो काम गरिरहेको छौं।’

kumari

मन्त्री गौतमका अनुसार बीमा कार्यक्रममा संघ, प्रदेश र स्थानीय सरकारको योगदान हुने ऐनमा छ, तर अहिलेसम्म संघले मात्र भुक्तानि गर्नुपर्दा एकोहोरो बोझ पर्ने स्थिति पैदा भएको छ।

उनले भनिन्,‘बीमामा एकोहोरो बोझ पर्यो। बीमा कार्यक्रममा संघ, प्रदेश र स्थानीय सरकारको योगदान हुने ऐनमा छ तर अहिलेसम्म संघले मात्र दिइरहेको अवस्था छ त्यसले समस्या पर्यो।’

प्रकाशित: Jan 29, 2026| 16:27 बिहीबार, माघ १५, २०८२
प्रतिक्रिया दिनुहोस्