मंगलबार, जेठ २६, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रतिनिधिसभा सदस्य निर्वाचन : मतदाता शिक्षाका लागि सबै जिल्लामा पुग्यो नमुना मतपत्र

प्रतिनिधिसभा सदस्य निर्वाचन : मतदाता शिक्षाका लागि सबै जिल्लामा पुग्यो नमुना मतपत्र

 |  बुधबार, माघ १४, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, माघ १४, २०८२
National life
Shivam cement

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीका लागि मतदाता शिक्षा दिन सबै जिल्लामा नमुना मतपत्र पुगिसकेको निर्वाचन आयोगले जनाएको छ।
  
कूल १० लाख ९८ हजार २०० नमुना मतपत्र छपाइ भएको र ती मतपत्र मतदाता शिक्षाका लागि सबै जिल्लामा पुगिसकेको आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले राससलाई जानकारी दिए। पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ हुम्ला, कालीकोट, जुम्ला, मुगु, डोल्पा जिल्लाका लागि मतपत्र छपाइ कार्य सम्पन्न भइसकेको उनले बताए।

बाँकी जिल्लाका मतपत्र क्रमशः छपाइ भइरहेको पनि आयोगले जनाएको छ । यही माघ २५ गतेदेखि फागुन ५ गतेसम्म १६५ वटै निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी गर्ने योजना रहेको प्रवक्ता भट्टराईको भनाइ छ । समानुपातिकतर्फको करिब दुई करोडभन्दा बढी मतपत्र छपाइ कार्य भने सम्पन्न भइसकेको आयोगले जनाएको छ।

प्रकाशित: Jan 28, 2026| 18:11 बुधबार, माघ १४, २०८२
प्रतिक्रिया दिनुहोस्