मंगलबार, माघ १३, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • प्रमुख निर्वाचन आयुक्त भण्डारीको टोलीद्वारा मतपत्र छपाइको अनुगमन

प्रमुख निर्वाचन आयुक्त भण्डारीको टोलीद्वारा मतपत्र छपाइको अनुगमन

 |  सोमबार, माघ १२, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, माघ १२, २०८२

भक्तपुर । आगामी फागुन २१ गते हने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको मतपत्र छपाइ आजदेखि सुरु भएको छ।
 
निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलगायतका आयोगका पदाधिकारीहरुको टोलीले आज जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमी पुगेर प्रत्यक्षतर्फको मतपत्र छपाइको अनुगमन एवं निरीक्षण गर्दै सो जानकारी दिएको हो। उनलाई केन्द्रका प्रबन्ध सञ्चालक यदुनाथ पौडेलले मतपत्र छपाइको अवस्थाका बारेमा जानकारी गराएका थिए।

National life

केन्द्रमा मतपत्र छपाइको निरीक्षणपछि सञ्चारकर्मीहरुलाई यसबारे जानकारी दिँदै प्रमुख निर्वाचन आयुक्त भण्डारीले आज प्रतिनिधिसभा सदस्य निर्वाचनका समानुपातिक तर्फको मतपत्र छपाइ सम्पन्न गरी प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु गरेको बताए।

उनले भने, 'समानुपातिकतर्फको दुई करोड आठ लाख ५४ हजार ८०० प्रति मतपत्र छपाइ आज सम्पन्न भएको छ। आजैदेखि प्रत्यक्षतर्फको दुई करोड तीन लाख २३ हजार मतपत्र छपाइ सुरु भएको छ। आगामी १५ दिनभित्र सबै मतपत्र छपाई हुनेछ। आगामी फागुन ५ गतेभित्र सबै निर्वाचन क्षेत्रमा मतपत्र पठाइसक्ने योजना रहेको छ।'

निर्वाचन आयोगबाट निर्वाचन क्षेत्र, निर्वाचन स्थल र केन्द्रमा पठाउने मतपत्र छिटोभन्दा छिटो विभिन्न साधनहरुबाट पठाउने काम हुन लागेको जानकारी दिँदै उनले मतदानअघि मतपत्रको सुरक्षाका साथै निर्वाचनको सबै तयारी करिब पूरा भएको बताए।

भण्डारीले एक करोड ८९ लाख तीन हजार ६८९ मतदातालाई मतदानका लागि १० हजार ९६७ मतदानस्थलअन्तर्गत २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरेको बताउँदै निर्वाचनलाई सफल बनाउन सबै संवेदनशील हुनुपर्ने बताए। यसअघि जनक शिक्षाले १० लाख ९८ हजार २०० नमूना मतपत्र छपाइ गरेर निर्वाचन आयोगलाई पठाएको थियो।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 26, 2026| 21:53 सोमबार, माघ १२, २०८२
प्रतिक्रिया दिनुहोस्