बिहीबार, साउन १४, २०८३

केसीलाई भेट्न कांग्रेस सभापति देउवा अस्पतालमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं – अनसनरत डा गोविन्द केसीलाई भेट्न नेपाली कांग्रेसका सभापति शेयर बहादुर देउवा त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन्। १५औं अनशनका क्रममा भएको सहमतिअनुसार राष्ट्रिय चिकित्सा शिक्षा ऐन बनाउनुपर्ने मागसहित डा केसी पुस २५ गतेदेखि अनसनमा छन्।

सभापति देउवाले अस्पताल पुगेर डा. केसीको स्वास्थ्य अवस्था बारे जानकारी लिएका छन्। भेटका क्रममा सभापति देउवाले केसीसँग उनका माग सम्बोधनका लागि सक्दो प्रयास गर्ने बताए । पछिल्लो समय डा केसीको स्वास्थ्य अवस्था दिनानुदिन कमजोर बन्दै गएको छ। डा केसीको उपचारमा संलग्न डाक्टरका अनुसार दुई दिन यता डा केसीले औषधी समेत खान मानेका छैनन्।

मंगलबारदेखि नै डा केसीको छाती दुख्ने समस्या बढेको छ। त्रिवि शिक्षण अस्पतालका निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्काले केसीको अवस्था खस्किएको रिपोर्ट चिकित्सकहरूले दिएको जानकारी दिए। उनका अनुसार डा केसी बोल्न समेत नसक्ने अवस्थामा पुगेका छन्। उनले चिकित्सकसँग इसाराले कुरा गर्ने गरेका छन्। केसीको रगतमा सुगरको मात्रा कम र मुटुको धडकन अस्थिर देखिएको छ।

डा केसी सरकारले आफूसँग गरेको सहमति विपरित विद्येयक बनाएर सरकारले प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित गरिएकोमा रुष्ट छन्। प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसले पनि डा केसीका मागप्रति एकेवद्धता जनाउँदै आएको छ। डा केसी अनशन बसेको बिहीबार २३ दिन पुगेको छ। इलामबाट अनशन सुरु गरेका डा केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि काठमाडौंको त्रिवि शिक्षण अस्पताल ल्याइएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।