आइतबार, माघ ११, २०८२

ओलीसँग एउटै मञ्चमा उभिन बालेनले गरे अस्वीकार, दिए यस्तो जवाफ

 |  आइतबार, माघ ११, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, माघ ११, २०८२

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले पब्लिक डिवेडमा सहभागी नहुने बताएका छन् छन्। उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पब्लिक डिभेट गर्न आह्वान गरेसँगै आफू एउटै मन्चमा उभिन नसक्ने बताएका छन्। ‘७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ।’ बालेनले भनेका छन्।

ओलीले सामाजिक सन्जालमै यसबेला सार्वजनिक बौद्धिक वृत्तबाट पार्टीका प्रमुख नेताहरूबीच एउटा पारदर्शी बहसको माग भइरहेको बताएका थिए। तर ओलीको सामाजिक सन्जालमा प्रतिक्रिया स्वरूप बालेनले ‘तपाईंहरूले आफैं २३ गते बच्चाहरू मारेको आतङ्कवाद लुकाउन २४ गत्ते जलाएको हो!’ भनेका छन्।

त्यसपछि ‘७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिने छ’ समेत बालेनले भनेका छन्।

प्रकाशित: Jan 25, 2026| 11:52 आइतबार, माघ ११, २०८२
प्रतिक्रिया दिनुहोस्