शुक्रबार, माघ ९, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय एकतालाई ध्यानमा राख्दै जेनजी आन्दोलनबाट उत्पन्न परिस्थितिलाई समाधान गरौं : अध्यक्ष दाहाल

राष्ट्रिय एकतालाई ध्यानमा राख्दै जेनजी आन्दोलनबाट उत्पन्न परिस्थितिलाई समाधान गरौं : अध्यक्ष दाहाल

 |  शुक्रबार, माघ ९, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ९, २०८२

काठमाडौं। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्र र राष्ट्रिय एकता, संवैधानिक तथा लोकतान्त्रिक मान्यतालाई ध्यानमा राख्दै वर्तमान समस्या समाधान गर्नुपर्ने बताएका छन्।

National life

शुक्रबार राष्ट्रिय सभा बैठकमा १९ औं अधिवेशनमा बोल्दै उनले युवाहरूको माग सामाजिक न्याय र समावेशी लोकतन्त्रको विकाससँगै भ्रष्टाचार निवारण र सुशासन कायम गर्ने भएकाले उक्त लक्ष्य हासिल गर्न प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।

उनले भने,‘जेनजी पुस्ताको भ्रष्टाचारविरुद्धको आन्दोलनबाट उत्पन्न परिस्थितिलाई राष्ट्र र राष्ट्रिय एकता, संवैधानिक तथा लोकतान्त्रिक मान्यतालाई ध्यानमा राख्दै समाधान गर्नुपर्ने छ। युवाहरूको माग सामाजिक न्याय र समावेशी लोकतन्त्रको विकाससँगै भ्रष्टाचार निवारण र सुशासन कायम गर्ने नै हो।’

उनले राष्ट्रिय सभामा विगतदेखि नै हुँदै आएका असल अभ्यासहरूलाई अझै सुदृढ र व्यवस्थित गर्नुपर्ने बताए।

प्रकाशित: Jan 23, 2026| 15:37 शुक्रबार, माघ ९, २०८२
प्रतिक्रिया दिनुहोस्