बिहीबार, साउन १४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • रेकर्ड मूल्यबाट घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

रेकर्ड मूल्यबाट घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

 |  बिहीबार, माघ ८, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ८, २०८२

काठमाडौं- स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही कमी आएको छ। बुधबारको तुलनामा आज प्रतितोला सुन रु दुई हजार ९०० र चाँदी रु ५० ले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ९२ हजार २०० त्यति नै चाँदीको मोल रु पाँच हजार ८७० कायम भएको छ। 

बुधबार एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ९५ हजार १०० र त्यति नै चाँदीको मोल रु पाँच हजार ९२० कायम भएको थियो। मङ्गलबार एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ८४ हजार ७०० त्यति नै चाँदीको मोल रु पाँच हजार ८८० कायम भएको थियो। गत आइतबार एक तोला सुन रु दुई लाख ७८ हजार ८०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार ६२५ मा कारोबार भएको थियो। सोमबार एक तोला सुन रु दुई लाख ८२ हजार र त्यति नै परिमाणको सेतो धातु रु पाँच हजार ८१० मा खरिदबिक्री  भएको थियो। 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६९५ र त्यति नै परिमाणको सेतो धातु ९५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित: Jan 22, 2026| 11:33 बिहीबार, माघ ८, २०८२
प्रतिक्रिया दिनुहोस्