बिहीबार, माघ ८, २०८२

महोत्तरीमा दलभन्दा स्वतन्त्र उम्मेदवारको संख्या अधिक

 |  बिहीबार, माघ ८, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ८, २०८२

महोत्तरी- प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक रहेको छ। चार निर्वाचन क्षेत्र रहेको महोत्तरीमा आगामी फागुन २१ गते हुने निर्वाचनमा ८८ जनाको  स्वतन्त्र उम्मेदवारी दर्ता भएको छ। 

National life

जिल्लाका चार निर्वाचन क्षेत्रबाट दलगत उम्मेदवारी दिने ५५ जना मात्र छन्। क्षेत्र नम्बर १ मा १२, २ र ३ मा १५ एवं ४ मा १३ जना छन्। 

यसैगरी, स्वतन्त्र उम्मेदवारी दिने ८८ मध्ये सबैभन्दा बढी क्षेत्र नम्बर ३ मा २७ जना रहेका जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यसैगरी क्षेत्र नम्बर ४ मा २४, २ मा २२ र १ मा १५ जना स्वतन्त्र उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका छन्।

जिल्लामा १९ जना महिलाले उम्मेदवारी दर्ता गराएका  छन्। दलगतभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या बढी छ। जिल्लाका चारवटै क्षेत्रमा गरी उम्मेदवारी दर्ता गराउने १९ महिलामध्ये १० जना स्वतन्त्र उम्मेदवार रहेका जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत भरतमणि पोखरेलले जानकारी दिए। 

निर्वाचन क्षेत्र–१ मा पाँच, २ मा पाँच, ३ मा २ र ४ मा सात गरी जम्मा १९ जना महिला उम्मेदवार छन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 22, 2026| 10:57 बिहीबार, माघ ८, २०८२
प्रतिक्रिया दिनुहोस्