बिहीबार, साउन १४, २०८३

चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी

 |  बुधबार, माघ ७, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, माघ ७, २०८२

चितवन- फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा ६५ जनाले उम्मेदवारी दर्ता गराएका छन्। 

मङ्गलबार तीन निर्वाचन क्षेत्रमा उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन्। जिल्लामा तीनवटा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र छन्। तीन पदका लागि ६५ जनाको उम्मेदवारी परेको हो।

क्षेत्र १ मा १९ जना, क्षेत्र नम्बर २ मा २३ जना र क्षेत्र नम्बर ३ मा २३ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यसमध्ये क्षेत्र नम्बर १ मा चार जना, २ र ३ मा छ÷छ जना उम्मेदवार स्वतन्त्र रहेका छन्। अन्य उम्मेदवार राजनीतिक दलका रहेको छन्।

प्रकाशित: Jan 21, 2026| 13:57 बुधबार, माघ ७, २०८२
प्रतिक्रिया दिनुहोस्