मंगलबार, माघ ६, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • एनएमबी बैंकले सार्वजनिकगर्‍यो नयाँ भिसा प्लाटिनम डेबिट कार्ड

एनएमबी बैंकले सार्वजनिकगर्‍यो नयाँ भिसा प्लाटिनम डेबिट कार्ड

 |  मंगलबार, माघ ६, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ६, २०८२

काठमाडौं- एनएमबी बैंकले दुईवटा नयाँ भिसा प्लाटिनम डेबिट कार्डहरु सार्वजनिक गरेको छ। बैंकले ग्राहकहरूको बदलिँदो जीवनशैली र आवश्यकतालाई ध्यानमा राख्दै 'प्लाटिनम डेबिट डिलाइटु र प्लाटिनम डेबिटु कार्ड' सार्वजनिक गरेको हो।

National life

यी कार्डहरूले ग्राहकको दैनिक बैंकिङ्ग अनुभवलाई सहज र प्रिमियम बनाउने विश्वास बैंकले लिएको छ। नयाँ प्लाटिनम कार्डधारकहरूले विभिन्न प्रिमियम आउटलेटहरूमा आकर्षक छुटका साथै विमानस्थलहरूमा लाउन्ज सुविधा पाउनेछन् ।

विशेषगरी धेरै यात्रा गर्ने र बैंकिङ्ग सेवामा लचकता खोज्ने ग्राहकहरूका लागि 'प्लाटिनम डेबिट डिलाइट कार्ड' निकै उपयोगी हुने देखिन्छ।

यस कार्डमार्फत ग्राहकहरूले नेपालभरका कुनै पनि बैंकको एटीएमबाट निःशुल्क नगद झिक्न सक्नेछन्  भने भारतमा नगद झिक्दा समेत विशेष सहुलियत पाइनेछ।डिजिटल बैंकिङ्गमा सधैं अगाडि रहने एनएमबी बैंकले आफ्ना ग्राहकलाई विशेष अनुभव प्रदान गर्न यी अत्याधुनिक सुविधाहरू ल्याएको बताएको छ।

यी नयाँ विशेषताहरूले ग्राहकहरूलाई उत्कृष्ट डिजिटल बैंकिङ अनुभव र विशिष्ट पहिचान प्रदान गर्नेमा बैंक विश्वस्त रहेको छ।

Laxmi sunrise bank
kumari

यी नयाँ कार्डहरूबारे थप जानकारी लिन वा सेवा लिन चाहने ग्राहकहरूले आफ्नो नजिकैको एनएमबी बैंकको शाखामा सम्पर्क गर्न वा बैंकको कल सेन्टरमा सम्पर्क गर्न सक्नेछन्। 

एनएमबी बैंकले हाल देशभर रहेका २०२ शाखा, १८४ एटिएम र ९ वटा एक्स्टेन्सन काउन्टरहरू मार्फत आफ्ना ग्राहकहरूलाई भरपर्दो वित्तीय सेवा दिँदै आएको छ।

प्रकाशित: Jan 20, 2026| 16:39 मंगलबार, माघ ६, २०८२
प्रतिक्रिया दिनुहोस्