मंगलबार, माघ ६, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • महिन्द्राका दुई इलेक्ट्रिक एसयुभि हेटौँडामा सार्वजनिक

महिन्द्राका दुई इलेक्ट्रिक एसयुभि हेटौँडामा सार्वजनिक

 |  मंगलबार, माघ ६, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ६, २०८२

हेटौँडा- नेपालका लागि महिन्द्रा अटोमोबाइल्सको आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेड प्राइभेटले ‘इलेक्ट्रिक ओरिजिन’ एसयुभिहरू सार्वजनिक गरेको छ। 

National life

हेटौँडा उपमहानगरपालिका-७, न्युरेनीस्थित महिन्द्रा शोरूममा आयोजित एक विशेष समारोहका बीच बिई-६ (BE 6) र एक्सइभी ९-ई (XEV 9e) मोडलका नयाँ विद्युतीय गाडीहरू बजारमा ल्यायो।

मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोदसिंह रानाभाट र ट्राफिक प्रहरी प्रभाग हेटौँडाका प्रहरी निरीक्षक बचुराम फुयाँलले यी नयाँ विद्युतीय एसयुभिहरूको अनावरण गरे। महिन्द्राको अत्याधुनिक 'इङ्ग्लो' (INGLO) प्लेटफर्ममा आधारित यी गाडीहरू इन्टेलिजेन्ट अटोमोटिभ आर्किटेक्चर 'माया' (MAIA) बाट सञ्चालित छन्। यी गाडीहरूले नेपाली बजारमा पफर्मेन्स, इन्टेलिजेन्स र दिगो डिजाइनको नयाँ मापदण्ड तय गर्ने अपेक्षा गरिएको छ।

हालै इन्डियन कार अफ द इयर (ICOTY) २०२६ अन्तर्गत 'ग्रीन कार अफ द इयर २०२६' अवार्ड प्राप्त गर्न सफल एक्सइभी ९-ई ले आफ्नो उत्कृष्ट प्रविधि र प्रदर्शनको पुष्टि गरिसकेको कम्पनीले जनाएको छ। यी दुवै एसयुभिहरूमा ९९ किलोवाटदेखि १९९ किलोवाटसम्मको पावर क्षमता रहेको छ। गाडीको भित्री डिजाइनमा एक्सइभी ९-ई मा ट्रिपल स्क्रिन सिनेमाटिक डिस्प्ले र बिई-६ मा रेस-रेडी डिजिटल ककपिट समावेश गरिएको छ।

सुरक्षा र प्रविधिलाई उच्च प्राथमिकता दिँदै यी गाडीहरूमा एडास (ADAS) लेभल २ र २ प्लस, अटो पार्क सुविधा, ३६० डिग्री सर्भेलेन्स क्यामरा र ड्राइभर मोनिटरिङ सिस्टम जस्ता अत्याधुनिक सुविधाहरू जडान गरिएका छन्। यसका साथै हार्मन कार्डनको प्रिमियम अडियो सिस्टम र एमइफोयु (ME4U) कनेक्टेड प्लेटफर्ममार्फत सवारीधनीले आफ्नो गाडीलाई टाढैबाट निगरानी र नियन्त्रण गर्न सक्नेछन्। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 20, 2026| 16:38 मंगलबार, माघ ६, २०८२
प्रतिक्रिया दिनुहोस्