मंगलबार, माघ ६, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • नेपाल लाइफले बिक्री  खुला गर्‍यो १ अर्ब ६० करोडको म्युचुअल फण्ड 

नेपाल लाइफले बिक्री  खुला गर्‍यो १ अर्ब ६० करोडको म्युचुअल फण्ड 

 |  मंगलबार, माघ ६, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ६, २०८२

काठमाडौं- नेपाल लाइफ क्यापिटल लिमिटेडको योजना व्यवस्थापनमा 'नेपाल लाइफ म्युचुअल फण्ड' अन्तर्गतको पहिलो योजना 'नेपाल लाइफ समृद्धि लगानी योजना'को इकाइ आइतबारदेखि सर्वसाधारणका लागि बिक्री खुला गरिएको छ। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी कोष प्रवर्द्धक रहेको यस बन्दमुखी योजनाले कुल १ अर्ब ६० करोड रुपैयाँ बराबरको १६ करोड इकाइ निष्कासन गरेको हो।

National life

निष्कासन गरिएको कुल इकाई मध्ये कोष प्रवर्द्धक नेपाल लाइफ इन्स्योरेन्सका लागि १४ प्रतिशत ९२ करोड २४ लाख इकाइ० र योजना व्यवस्थापक नेपाल लाइफ क्यापिटलका लागि १ प्रतिशत (१६ लाख इकाइ) गरी कुल १५ प्रतिशत इकाइ बीज पुँजीका रूपमा सुरक्षित गरिएको छ। बाँकी १३ करोड ६० लाख इकाइमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन्। 

१० वर्ष अवधिको यस योजनाका लागि लगानीकर्ताले प्रतिइकाइ १० रुपैयाँका दरले न्यूनतम १०० इकाइदेखि अधिकतम १ करोड ६० लाख इकाइसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ। यो निष्कासन माघ ८ गतेसम्म खुला रहनेछ। 

इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन्। साथै, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत पनि आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ। 

प्रकाशित: Jan 20, 2026| 16:25 मंगलबार, माघ ६, २०८२
प्रतिक्रिया दिनुहोस्