सोमबार, माघ ५, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • छलछाम गरेर संसदबाट हटायो, अब सबैभन्दा धेरै मत ल्याउने पार्टी बनाउँछौं : रवि लामिछाने

छलछाम गरेर संसदबाट हटायो, अब सबैभन्दा धेरै मत ल्याउने पार्टी बनाउँछौं : रवि लामिछाने

 |  सोमबार, माघ ५, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, माघ ५, २०८२

जनकपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई छलछाम गरेर संसदबाट बाहिर निकालिएको दाबी गर्दै आगामी दिनमा रास्वपालाई सबैभन्दा धेरै मत ल्याउने पार्टी बनाइ संसदमा फर्किने बताएका छन्।

National life

जनकपुरमा आयोजित रास्वपाको चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले चितवनबाट अत्यधिक मतसहित निर्वाचित भए पनि षड्यन्त्रपूर्वक संसद सदस्य पद गुमाउनुपरेको बताए।

उनले भने, ‘चितवनबासीले मलाई सबैभन्दा धेरै भोट दिएर संसदमा पठाएका थिए तर छलछाम गरेर संसदबाट निकालियो। हिजो म सबैभन्दा धेरै भोट ल्याउने सांसद थिएँ, अब सबैभन्दा धेरै मत ल्याउने पार्टी बनेर संसदमा जानेछौं।’

आफूमाथि निरन्तर मुद्दा लगाइँदै आएको उल्लेख गर्दै उनले ती मुद्दाबाट नडराउने स्पष्ट पारे। ‘प्रत्येक दिन मेरो टाउकोमा मुद्दा लगाइएका छन् तर मलाई प्रवाह छैन। जनताको मुद्दा बोकेर हिँडेको मान्छे यस्ता मुद्दाहरूमा लड्दै जित्दै जान्छ। हारे हारिन्छ, जिते जितिन्छ,’ उनले भने।

लामिछानेले काठमाडौं महानगरपालिकाका निर्वतमान मेयर बालेन शाहसँगको भेटबारे पनि धारणा राखे। उनले बालेनसँगको भेट पाँच मिनेटमै टुंगिएको भन्दै देश र जनतालाई केन्द्रमा राख्दा लामो वार्ताको आवश्यकता नपर्ने बताए।

Laxmi sunrise bank
kumari

‘जुन दिन बालेनसँग मेरो भेट भयो, त्यही दिन हामीले आफ्ना सपनाहरू साझा गरेका थियौं। पाँच मिनेट एकअर्कालाई चिन्न मात्रै समय खर्च ग¥यौं। जब देशलाई केन्द्रमा राखिन्छ, वार्ताको नाटक गरिराख्नु पर्दैन,’ उनले भने।

उनले आफू र बालेन शाह दुवै देशको हित र जनताको चाहनाअनुसार एक ठाउँमा आएको उल्लेख गर्दै नेपालले अब गरिबी र विभेद सहन नसक्ने अवस्था आएको बताए।
 

प्रकाशित: Jan 19, 2026| 17:07 सोमबार, माघ ५, २०८२
प्रतिक्रिया दिनुहोस्