बिहीबार, साउन १४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • डोटीमा उम्मेदवार चयनमा कांग्रेसलाई सकस, आनन्द विष्ट र भरतबहादुर खड्कामा कसले मार्ला बाजी?

डोटीमा उम्मेदवार चयनमा कांग्रेसलाई सकस, आनन्द विष्ट र भरतबहादुर खड्कामा कसले मार्ला बाजी?

 |  सोमबार, माघ ५, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, माघ ५, २०८२

दिपायल । ‎आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस डोटीबाट उम्मेदवार छनोटका लागि कांग्रेसमा सकस देखिएको छ। डोटीबाट १७ जनाको नाम सिफारिस भएकोमा अन्तिममा गोरख बहादुर विष्ट (आनन्द) र भरतबहादुर खड्काको नाममा सकस देखिएको हो।

विष्टलाई शेरबहादुर देउवा समूहले अगाडि सार्दा खड्कालाई गगन समूहले अगाडि सारेको छ।

खड्का दुई पटक कांग्रेस डोटी जिल्ला सभापति हुनुका साथै प्रदेश सभा सदस्य भइसकेको र पटक पटक लाभको पदमा समेत पुगेकाले विष्टले टिकट पाउँदा न्याय संगत हुने नेता कार्यकर्ताहरूको धारणा रहेको छ। विष्ट फ्रेस अनुहार भएकाले जेनजी भावनाको मर्मसमेत समेटिने बताइएको छ।

डोटीमा विवाद देखिए पनि सुदूरपश्चिममा अधिकांश निर्वाचन क्षेत्रमा कांग्रेस उम्मेदवारहरूको टुंगो सहमति नजिक पुगेको स्रोतले बताएको छ।

बाजुराबाट जनक गिरी, प्रकाश स्नेही, बैतडीबाट चतुरबहादुर चन्द, दार्चुलामा धर्मानन्द जोशी, कञ्चनपुर क्षेत्र नम्बर ३ मा रमेश लेखक, क्षेत्र नम्बर २ मा एनपी साउदको नाममा सहमति हुँदा अन्य क्षेत्रमा सहमति जुट्न सकेको छैन।

अहिलेसम्म सहमति भएका कञ्चनपुरका दुई निर्वाचन क्षेत्र बाहेक अन्यमा गगन समूहकै उम्मेदवारको नाममा सहमति हुँदा डोटीमा देउवा पक्षका उम्मेदवारले टिकट पाउनु पर्ने दवाव नेतृत्वलाई रहेको बताइएको छ।
 

प्रकाशित: Jan 19, 2026| 16:30 सोमबार, माघ ५, २०८२
प्रतिक्रिया दिनुहोस्