मंगलबार, जेठ २६, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेसले लोकतन्त्रको मर्म र बीपी कोइरालाको सिद्धान्त बिर्सँदै गएकाले पार्टी त्यागें : डा. अबुल हुसेन

कांग्रेसले लोकतन्त्रको मर्म र बीपी कोइरालाको सिद्धान्त बिर्सँदै गएकाले पार्टी त्यागें : डा. अबुल हुसेन

 |  सोमबार, माघ ५, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, माघ ५, २०८२

काठमाडौं। नेपाली कांग्रेसका नेता डा.अबुल हुसेन अन्सारीले नेपाली कांग्रेस परित्याग गर्दै नेकपा एमालेमा प्रवेश गर्ने घोषणा गरेका छन्। उनले एमालेबाट प्रतिनिधि सभा सदस्यको टिकट नै प्राप्त गरेको दाबी गरेका छन्।

National life

लामो समय कांग्रेस राजनीतिमा सक्रिय रहेका अन्सारीले कांग्रेसभित्र बढ्दो किचलो, स्वार्थ केन्द्रित राजनीति र वैचारिक विचलनका कारण आफू निराश बनेको बताउँदै पार्टी त्याग्ने निर्णय गरेको स्पष्ट गरेका छन्।

सार्वजनिक रूपमा जारी गरिएको आफ्नो धारणा (स्टाटस) मार्फत अन्सारीले जीवनको ऊर्जाशील समय नेपाली कांग्रेसमै खर्चिएको उल्लेख गर्दै राजनीतिका अनेक उतार–चढाव कांग्रेसमै रहेर पार गरेको बताए।

तर पछिल्लो समय कांग्रेसले लोकतन्त्रको मर्म र बीपी कोइरालाको सिद्धान्त बिर्सँदै गएको अनुभूति भएको भन्दै ठूलो दुःख र भारी मनका साथ पार्टी छाड्न बाध्य भएको उनको भनाइ छ।

सुनसरीमा आफूहरूले सधैँ बाहिरबाट आउने आगन्तुकलाई नेता मान्ने प्रवृत्ति हावी रहेको र स्थानीय योगदानको उचित मूल्याङ्कन कहिल्यै नभएको गुनासो पनि अन्सारीले व्यक्त गरे। यही कारण आगामी निर्वाचनमा नेकपा एमालेमा प्रवेश गरी सुनसरी निर्वाचन क्षेत्र नम्बर–४ बाट चुनाव लड्ने घोषणा गरेका छन्।

Shivam cement

प्रकाशित: Jan 19, 2026| 15:41 सोमबार, माघ ५, २०८२
प्रतिक्रिया दिनुहोस्