आइतबार, माघ ४, २०८२

धरानका मेयर हर्क साम्पाङले दिए राजीनामा

 |  आइतबार, माघ ४, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, माघ ४, २०८२

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईले राजीनामा दिएका छन्।

National life

राष्ट्रिय श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका राईले आज राजीनामा दिएका हुन्। 

उनले धरान निर्वाचन क्षेत्र रहेको सुनसरी–१ बाट आगामी प्रतिनिधि सभामा उम्मेदवार बन्ने निश्चित भएसँगै राजीनामा दिएका छन्।

२०७९ सालको निर्वाचनमा उनले धरानको मेयरका लागि स्वतन्त्र उम्मेदवारी दिए थिए। त्यसक्रममा राई २० हजार ८ सय २१ मत प्राप्त गर्दै विजयी बनेका थिए।

प्रकाशित: Jan 18, 2026| 20:25 आइतबार, माघ ४, २०८२
प्रतिक्रिया दिनुहोस्