बिहीबार, साउन १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पश्चिमी वायु पुन: सक्रिय: काठमाडौंमा चिसो बढ्‍ने, वर्षा र हिमपात पनि

पश्चिमी वायु पुन: सक्रिय: काठमाडौंमा चिसो बढ्‍ने, वर्षा र हिमपात पनि

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- पश्चिमी वायु पुनःसक्रिय भएका कारण आज देशका अधिकांश भेगमा बदली तथा केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। गत शुक्रबार देशको पश्चिमी भेगबाट प्रवेश गरेको उक्त मौसमी प्रणाली केही कमजोर भएपछि मंगलबारदेखि क्रमिक सुधार आएको थियो। 

बुधबार घाम लागे पनि अपराह्नपछि मौसम बदलियो। गए रातिदेखि प्रवेश गरेको पश्चिमी वायुको प्रभावले अहिले काठमाडौँ उपत्यकासहित मुलुकका विभिन्न स्थानमा बदली छ। अपराह्नपछि केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ। 

पश्चिमी वायुको प्रभाव आज रातिसम्म रहने र शुक्रबारदेखि मौसममा क्रमिक सुधार आउने महाशाखाका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए। 'गए रातिदेखि प्रवेश गरेको पश्चिमी वायु अहिले क्रमशः मध्य भेग हुँदै पूर्वतर्फ सर्दैछ। यसरी अघि बढ्दा यो प्रणाली कमजोर हुने भएकाले मौसममा सुधार आउँछ। आगामी शनिबारदेखि आंशिक बदली रहे पनि मौसममा राम्रै सुधार हुने देखिन्छ”, उनले भने। 

मौसमविद् अर्यालका अनुसार अहिले जे जति मौसमी प्रणाली देखापर्छन् ती पश्चिमबाटै हुन्छन्। विशेष अवस्थाबाहेक पश्चिमी वायुले नै हिउँदे वर्षा गराउँछ। जाडो याम (विन्टर सिजन) को अन्तिम चरण रहेकाले पनि मौसमी गतिविधि हेरफेर भइरहन्छ। अझै एक महीना पश्चिमी वायुको गतिविधि देखापर्ने मौसमविद्को भनाइ छ। 

‘डिसेम्बर, जनवरी र फेब्रुअरी’ विन्टर तथा ‘मार्च, अप्रिल र मे’लाई प्रिःमनसुन अवधि मानिन्छ। त्यसपछि वर्षायाम अर्थात् मनसुनी (दक्षिण पूर्वी हावाले गराउने) मौसमी प्रणाली अवधिमा अत्यधिक वर्षा हुन्छ। खासगरीः प्रिःमनसुनका बेला अपराह्नपछि या साँझतिर मेघ गर्जनसहित वर्षा हुने र हुरीबतास चल्ने गर्छ। 

यसैबीच मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्मको मौसम पूर्वानुमानसम्बन्धी बुलेटिन निकालेर पश्चिमी वायुको प्रभावले देशको पश्चिम र मध्य क्षेत्रमा सामान्य बदली भई पश्चिमी भेगका थोरै स्थान र मध्य र पूर्वाका एकदुई स्थानमा हल्का वर्षाको सम्भावनाका साथै उच्च हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यम खालको हिमपातको सम्भावना औँल्याएको छ। 

राति देशका पश्चिमी भेगका थोरै स्थान र मध्य र पूर्वका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने हिमाली भेगमा हिमपात हुनेछ। शुक्रबार देशको पूर्वी क्षेत्र तथा पहाडी भेगमा मौसम सामान्यतया बदली रहनेछ भने बाँकी भेगमा आंशिक बदली रहनेछ। 

पहाडी भेग र हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । रातमा पनि पहाडी भेगका केही स्थानमा हल्का वर्षा र हिमाली क्षेत्रमा सामान्य हिमपातको सम्भावना छ। 

शनिबार देशका पहाडी भेगमा आंशिक बदली रहनेछ भने बाँकी भेगमा मौसम सामान्यतया सफा रहनेछ। काठमाडौँ उपत्यकामा बिहानैदेखि बदली भएका कारण बढी चिसो महसुस गरिएको छ। महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँको न्यूनतम तापक्रम ३.२ र अधिकतम तापक्रम १८.५ डिग्री सेल्सियस छ । बुधबार काठमाडौँको न्यूनतम तापक्रम घटेर १ डिग्रीमा झरेको थियो। 

आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १ र अधिकतम तापक्रम ११ डिग्री सेल्सियस रहेको छ। सबैभन्दा बढी अधिकतम तापक्रम विराटनगरको २५ तथा सिमरा र नेपालगञ्जको समान २३ डिग्री सेल्सियस छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।