बिहीबार, साउन १४, २०८३

रास्वपाको केन्द्रीय कमिटी बैठक आइतबार बस्दै

 |  शनिबार, माघ ३, २०८२

नेपाल समय

नेपाल समय

शनिबार, माघ ३, २०८२

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले  केन्द्रीय समितिको बैठक बोलाएको छ। आइतबार दिनको २ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने गरी केन्द्रीय कमिटी बैठक आह्वान भएको हो। 

बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सम्बन्धमा छलफल हुने बताइएको छ। पार्टीको तर्फबाट प्रत्यक्ष उम्मेदवार चयनबारे सो बैठकमा छलफल हुने बताइएको छ। 

निर्वाचन आयोगले आगामी माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी पेस गर्न समय तोकेकोले राजनीतिक दलहरू उम्मेदवार चयनमा व्यस्त छन्। 

प्रकाशित: Jan 17, 2026| 08:51 शनिबार, माघ ३, २०८२
प्रतिक्रिया दिनुहोस्