शुक्रबार, माघ २, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • नागरिक लगानी कोषको ३१औं वार्षिक साधारण सभा सम्पन्न,१३ प्रतिशत लाभांश पारित

नागरिक लगानी कोषको ३१औं वार्षिक साधारण सभा सम्पन्न,१३ प्रतिशत लाभांश पारित

 |  शुक्रबार, माघ २, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २, २०८२

काठमाडौं- नागरिक लगानी कोषले आफ्ना शेयरधनीहरूलाई १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। कोषको बुधबार सम्पन्न ३१औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८१र८२ को मुनाफाबाट ५ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो।

National life

सञ्चालक समितिका अध्यक्ष तुलसीप्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न सभाले वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र वित्तीय विवरणहरू पनि स्वीकृत गरेको छ।

सभामा बोल्दै अध्यक्ष घिमिरेले स्वरोजगार तथा वैदेशिक रोजगारमा रहेकाहरूलाई समेट्ने गरी 'नागरिक पेन्सन योजना' प्रवर्द्धन गर्ने र सरकारी प्राथमिकताका परियोजनामा लगानी बढाउने प्रतिबद्धता व्यक्त गरे।

कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले कोषले डिजिटलाइजेशनमा जोड दिएको र लगानी विविधीकरणका लागि नीतिगत व्यवस्था गरेको जानकारी दिए।

उनले अधिक तरलताका कारण कोषको रकम परिचालनमा चुनौती रहेको भए पनि उत्पादनशील क्षेत्र र जलविद्युतमा लगानी अघि बढाइएको बताए।

Laxmi sunrise bank
kumari

चालु आर्थिक वर्षको असोज मसान्तसम्म कोषको खुद मौज्दात २ खर्ब ९६ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ। सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट नारायणप्रसाद घिमिरेलाई सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेको छ।

प्रकाशित: Jan 16, 2026| 10:34 शुक्रबार, माघ २, २०८२
प्रतिक्रिया दिनुहोस्