बुधबार, फागुन २०, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • प्राइम बैंकको १८औं साधारण सभा सम्पन्न,८ प्रतिशत बोनस शेयर पारित

प्राइम बैंकको १८औं साधारण सभा सम्पन्न,८ प्रतिशत बोनस शेयर पारित

 |  शुक्रबार, माघ २, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २, २०८२

काठमाडौं- प्राइम कमर्सियल बैंक लिमिटेडको १८औं वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ। बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठको अध्यक्षतामा सम्पन्न सभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम ८ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

सभाले गत आर्थिक वर्ष २०८१र८२ को मुनाफाबाट शेयरधनीहरूलाई ८ प्रतिशत बोनस शेयर र सोमा लाग्ने कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।

यस्तै, सभाले सर्वसाधारण शेयरधनी समूहबाट वरिष्ठ आर्थिक पत्रकार डा.गजेन्द्र विष्टलाई सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेको छ। डा. विष्ट यसअघि पनि बैंकको सञ्चालकका रूपमा कार्यरत थिए।

सभामा बोल्दै अध्यक्ष श्रेष्ठले आगामी दिनमा बैंकको सेवा र शाखा सञ्जाल विस्तार गर्दै ग्राहक केन्द्रित डिजिटल सेवालाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित: Jan 16, 2026| 10:31 शुक्रबार, माघ २, २०८२
प्रतिक्रिया दिनुहोस्