बिहीबार, साउन १४, २०८३

फेरि एक भए राणा र लोहनी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- पशुपति शम्सेर राणा र डा प्रकाशचन्द्र लोहनीले नेतृत्व गरेको राप्रपा प्रजातान्त्रिक र राप्रपा राष्ट्रवादीबीच एकीकरण भएको घोषणा गरिएको छ। 

प्रजातान्त्रिकको कार्यालय चावहिलमा दुवै पार्टीका अध्यक्षहरुले सहमति पत्रमा हस्ताक्षर गरेपछि यी पार्टी एक भएको घोषणा गरिएको हो। घोषणासभा भने शुक्रबार हुने छ। दुबै पार्टीले हस्ताक्षर गरेको सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।

ने.क.पा. (एमाले) र माओवादी एकताको यो सरकारले संविधानको मर्म र भावनाको उपेक्षा गरेको र सत्तालाई जनताको हितको सट्टा एउटा सीमित शासनका आसेपासे “नयाँ भारदार” को आर्थिक हितमा केन्द्रित गरेको उल्लेख छ। ‘स्वभावत माक्र्सवाद-लेनिनवाद र समाजवादको नाममा देशमा भ्रष्ट्राचार मौलाएको छ। 

शासकीय क्षमता र कुशलतामा ह्रास आएको छ। परराष्ट्र नीतिको सन्तुलन गुम्दै गएको छ र जनतालाई शक्ति हस्तान्तरणको अवधारण व्यवहारमा हराएर जान थालेको छ। 

यसको ठाउँमा वर्तमान शासन निरंकुशता र बढ्दो भ्रष्टाचार तिर उन्मुख भएको छ। यो परिवेसमा प्रतिपक्ष देशको राष्ट्रियता, प्रजातन्त्र र जनहितको सिद्धान्त र अवधारणालाई बचाउन सत्ता बाहिर रहेका राजनैतिक शक्तिहरुले जनताको हितलाई केन्द्र विन्दुमा राखेर एकता-सम्बन्धनको प्रक्रिया अगाडि बढाउनु अनिवार्य भएको छ।

'यही दृष्टिकोणलाई मनन गरी राप्रपा (प्रजातान्त्रिक) र एराप्रपा (राष्ट्रवादी) ले पार्टी एकतालाई मूर्तरुप दिने निर्णय गरेका छन्', हस्ताक्षर पत्रमा उल्लेख छ।
 
शुक्रबार हुने घोषण समारोहमा दुवै पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरुलाई उपस्थिति हुन पनि दुवै पार्टीको नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरिएको छ। 

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।