बिहीबार, साउन १४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ३९औं वार्षिक साधारण सभा सम्पन्न 

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ३९औं वार्षिक साधारण सभा सम्पन्न 

 |  शुक्रबार, माघ २, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २, २०८२

काठमाडौं- नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले आफ्नो ३९औं वार्षिक साधारण सभा बुधबार सफलतापूर्वक सम्पन्न गरेको छ।
काठमाडौंको एलिस रिसेप्सनमा बैंकका अध्यक्ष पृथ्वी बहादुर पाँडेको अध्यक्षतामा सभा सम्पन्न भएको हो।

सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा वित्तीय विवरणहरूमाथि छलफल गरी पारित गरिएको छ।आर्थिक वर्ष २०८१र८२ मा ४ अर्ब ३३ करोड रुपैयाँ खुद मुनाफा गरेको बैंकको कुल निक्षेप ६९ अर्ब ४८ करोडले वृद्धि भई ४ खर्ब ७६ अर्ब रुपैयाँ पुगेको छ।

३ खर्ब ३९ अर्ब रुपैयाँ कर्जा लगानी ३४ अर्ब १३ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको शेयरधनी कोषमा ६४ अर्ब ९८ करोड रुपैयाँ छ। हाल बैंकले देशभर २७१ शाखा, २५९ एटीएम, ६५ एक्सटेन्सन काउन्टर र ६० शाखारहित बैंकिङ मार्फत सेवा प्रदान गरिरहेको जानकारी दिइएको छ।

प्रकाशित: Jan 16, 2026| 10:21 शुक्रबार, माघ २, २०८२
प्रतिक्रिया दिनुहोस्