काठमाडौं- ट्राभल एजेन्सीको पैसा बैंकमा जम्मा गर्न जाने क्रममा लुटिएको झुटो विवरण दिने स्याङ्जाका २३ वर्षीय तिलकराम अधिकारी पक्राउ गरेका छन्।
काठमाडौं गोंगबुस्थित रियल टाइगर टुर्स एन्ड ट्राभल्समा काम गर्ने डेजिना बस्नेतसँग ८ लाख १५ हजार रुपैयाँ लिएर बैंकमा जम्मा गर्न भनी अधिकारीलाई दिएकी थिइन्। अधिकारीले बैंकमा जम्मा गर्न जाने क्रममा लाजिम्पाट पुग्दा केही हतियारधारी व्यक्तिले नसालु पदार्थ सुँघाएर रकम लुटेको उजुरी प्रहरीमा दिएका थिए।
उक्त विषयमा अपराध अनुसन्धान महाशाखाले अनुसन्धान सुरु गरेको थियो। बुधबार दिउँसो भएको उक्त घटनाको २ घन्टामै अभियुक्त पक्राउ गरी रकम बरामद गरिएको महाशाखाले जनाएको छ। घटना अनुसन्धान गरिरहेको अपराध महाशाखाले स्याङ्जा गल्याङ नगरपालिका–११ घर भई काठमाडौं घापासी बस्ने अधिकारी र समाखुसी बस्ने अमृत डुम्रेको मिलेमतोमा रकम लुटिएको झुटो उजुरी गरेका थिए। प्रहरीले समाखुसी बस्ने डुम्रेको घरमा लुकाइराखेको अवस्थामा रकम बरामद गरेको छ। उक्त विषयमा थप अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४