बुधबार, पुस ३०, २०८२

राष्ट्रिय सभा सदस्य बलदेव बोहराको निधन

 |  बुधबार, पुस ३०, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, पुस ३०, २०८२

काठमाडौं । राष्ट्रिय सभा सदस्य बलदेव बोहराको निधन भएको छ।

National life

कम्मरको उपचाररत बोहराको आज दिउँसो निधन भएको हो। उनी सुदूरपश्चिम प्रदेशस्थित कञ्चनपुर निवासी हुन्।

हाल ललितपुर महालक्ष्मीस्थान स्थित इमाडोलमा बस्नै आएका थिए।

उनले वि.सं. २०२२ सालमा अखिल भारतीय नेपाली विद्यार्थी संघको सदस्यता लिएर राजनीतिक जीवन सुरु गरेका थिए।

प्रजातन्त्र स्थापना पश्चात् २०४८ सालमा जिल्ला विकास समिति कञ्चनपुरको सभापति बनेका उनी २०५८ सालमा तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवाको राजनीतिक सल्लाहकार थिए।

Laxmi sunrise bank
kumari

२०७० सालमा संविधान सभा सदस्य भएर उनले काम गरेका थिए।

प्रकाशित: Jan 14, 2026| 20:39 बुधबार, पुस ३०, २०८२
प्रतिक्रिया दिनुहोस्