मंगलबार, जेठ २६, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • निष्कासनमा परेका महामन्त्री शर्मा भन्छन् – महामन्त्रीको पद बिहानै त्यागिसके

निष्कासनमा परेका महामन्त्री शर्मा भन्छन् – महामन्त्रीको पद बिहानै त्यागिसके

 |  बुधबार, पुस ३०, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, पुस ३०, २०८२
National life
Shivam cement

काठमाडौं। नेपाली कांग्रेसको संस्थापनबाट निष्कासनमा परेका महामन्त्री विश्वप्रकाश शर्माले आफूले बिहानै महामन्त्रीको पद त्यागिसकेको बताएका छन्।

बुधबार विशेष महाधिवेशनको बन्द सत्रमा बोल्दै उनले बिहान नै आफूले महामन्त्री पद त्यागेको भन्दै महामन्त्रीको लागि प्रदीप पौडेल र गुरुराज घिमिरेले मनोनयन दर्ता गरिसकेको जानकारी दिए।

उनले भने, ‘केन्द्रीय समिति बैठकले कारबाही गरेको भन्ने सुनेँ। जिन्दगीमा पहिलो चोटि कारबाही भन्ने शब्दमा परियो। बद्लिएको समय अनुसार कांग्रेस चलाउँ भन्दा कारबाहीमा परिँदो रहेछ। एकजना साथीले फोन गरेर दाई कारबाहीमा पर्नुभएछ भन्नुभयो। महामन्त्री त मैले बिहानै छोडिसकेँ भनिदिएँ। बिहानै मैले महामन्त्री छोडेर महामन्त्रीका लागि नेता प्रदीप पौडेल र गुरुराज घिमिरेले मनोनयन दर्ता गरिसक्नुभएको छ।’

प्रकाशित: Jan 14, 2026| 18:07 बुधबार, पुस ३०, २०८२
प्रतिक्रिया दिनुहोस्