काठमाडौं – सरकारले बहुमतको दुरुपयोग गर्दै जबरजस्ती चिकित्सा शिक्षा विधेयक पारित गरिएको विरोधमा नेपाली कांग्रेसले बिहीबार संसद अवरुद्ध गरेको छ।
चिकित्सा शिक्षा विधेयक पारित भएपछि बिहीबार बसेको बैठक प्रमुख प्रतिपक्षले चल्न दिएन। दिउँसो बैठक सुरु हुनासाथ कांग्रेसका सांसदहरुले विवादित चिकित्सा विधेयक नसच्याएसम्म संसद् चल्न नदिने चेतावनी दिएका थिए। कांग्रेसलाई डा केसीको जिवन रक्षा गर्नुपर्ने मागसमेत गरेको छ।
बैठकमा सभामुखले नियमित कारवाही अगाडि बढाउन खोज्दा कांग्रेस सांसदहरुले उठेर अवरोध गरेका थिए। त्यसपछि सभामुखले १:४० बजे बैठक स्थगित गरेका थिए। अर्को बैठक माघ २० गते आइतबार बस्ने छ।
चिकित्सा शिक्षा विधेयक पारित भइसकेको र प्रतिपक्षले उठाएका मागलाई पनि सरकारबाट सम्बोधनको पहल भइसकेकोले त्यसमा फेरी विरोध जनाउन आवश्यक नरहेको भन्दै सभामुखले अवरोध नगर्न आग्रह गरेका थिए।
बैठकमा बोल्दै कांग्रेस सांसद मिलेन्द्र रिजालले सरकारले आफूलाई नसच्याए त्यसको परिणाम गम्भिर हुने चेतावनी दिए। उनले प्रतिपक्षलाई पेलेर सरकार निरंकुस रुपमा अघि बढ्न खोजेको आरोप लगाए। कांग्रेसलाई नदेख्नेहरु सकिने गरेको इतिहासबाट सिक्न उनले सरकारलाई सुझाव दिए। उनले सभामुखलार्इ सरकारको निर्देशनमा नचल्न समेत सुझाव दिएका थिए।
गत शुक्रबारको बैठकमा प्रतिपक्षीदलको विरोधकाबीच सुरक्षा घेरा हालेर सरकारले चिकित्सा शिक्षा विधेयक पारित गरेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४