बुधबार, पुस ३०, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • जनताको विश्वास जित्न सबैलाई उचित तरिकाले सम्बोधन गर्नुपर्छ : माधव नेपाल

जनताको विश्वास जित्न सबैलाई उचित तरिकाले सम्बोधन गर्नुपर्छ : माधव नेपाल

 |  बुधबार, पुस ३०, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, पुस ३०, २०८२

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले सबैलाई उचित तरिकाले सम्बोधन गरेर अगाडि बढ्न सके जनताको विश्वास जित्न सक्ने बताएका छन्।

National life

बुधबार काठमाडौंमा आयोजित पार्टी समायोजन कार्यक्रममा बोल्दै उनले सबैको साझा भएर मन जितेर अगाडि बढ्नुपर्ने भन्दै पार्टीलाई सिंगो नेपालको एकताको एउटा अभियन्ताका रुपमा अगाडि बढाउनुपर्ने बताए।

उनले भने, ‘हामी एकल काँटे भएर जाने होइन, सबैको साझा भएर मन जितेर अगाडि बढ्ने हो। सबैलाई उचित तरिकाले सम्बोधन गरेर अगाडि बढ्न सक्यौँ भने हामी नेपाली जनताको विश्वास जित्न सक्छौँ। सिंगो नेपालको एकताको एउटा अभियन्ता भएर अगाडि बढ्न सक्छौँ।’
यस्तै, उनले पुराना दल र नेताप्रति नकारात्मक अभियान चलाइएको भन्दै त्यसको सामना गर्न पनि आवश्यक भएको बताए। मुलुकको संविधान, संघीयता र गणतन्त्र संकटमा परेको पनि उनको भनाई छ।

उनले भने, ‘अहिले पनि मुलुकले संकटको सामना गरेको छ। यस्तो बेला मुलुकको संविधान र संघीयता के हुने हो, गणतन्त्रको अवस्था के हुने हो भन्ने चिन्ता व्याप्त थियो। अहिले पनि पुराना दल भनेर, पुराना नेता भनेर जसरी नकारात्मक अभियान चलाइएको छ। त्यसको पनि हामीले सामना गर्नुपर्ने आवश्यकता पर्छ। राम्रो र नराम्रोलाई एउटै ठाँउमा राख्ने, नेताहरु असल पनि हुन्छन्। त्यसकारण सबै नेता एउटै हुन् र सबै पार्टी उस्तै हुन् भन्ने जुन प्रचार भएको छ। यसको पनि जवाफ दिनुपर्छ।’

प्रकाशित: Jan 14, 2026| 17:43 बुधबार, पुस ३०, २०८२
प्रतिक्रिया दिनुहोस्