बुधबार, पुस ३०, २०८२

गगन भन्छन्- कांग्रेस निजी कम्पनी हो र जा भनेर जानलाई?

 |  बुधबार, पुस ३०, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, पुस ३०, २०८२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संस्थापन पक्षले आफूहरुलाई निष्कासन गर्ने निर्णय गरेकोप्रति कडा जवाफ फर्काउँदै तपाईको प्राइभेट कम्पनी हो निकाल्न भन्दै प्रश्न गरेका छन्।

National life

बुधबार विशेष महाधिवेशन स्थलमा बोल्दै उनले बाहिर जे जस्तो निर्णय भएपनि त्यो समझदारीको लागि हलभित्र आउनै पर्ने बताए।
उनले भने, ‘बाहिर जे जस्तो निर्णय भएपनि त्यो समझदारीको लागि हलभित्र आउनै पर्छ। मैले समाचार सुने नेपाली कांग्रेको केन्द्रीय समितिको बैठकले दुई जना महामन्त्री र एक जना सहमहामन्त्रीलाई निकालियो रे ? तपाईको प्राइभेट कम्पनी हो र निकाल्नलाई ? हामीलाई कसैले घरभित्र आइज भनेर आएको होईन,जा भनेर जानलाई।’

त्यस्तै उनले महाधिवेशनले निर्वाचन आयोगलाई समयमा नै जानकारी गराएको पनि बताए। शेरबहादुर देउवाको नेतृत्वको केन्द्रीय कार्यसमिति भंग भइसकेको दाबी गर्दै उनले नयाँ कार्यसमिति चयन गर्ने क्रममा आफूहरु रहेको बताए।

उनले भने, ‘तपाईहरु मात्रै निर्वाचन आयोग जान्नुहुन्छ ? यही निर्वाचन आयोगमा यही ठाउँबाट विषेश महाधिवेशनको प्रारम्भ भएर त्यो विशेष महाधिवेशनले निर्वाचन आयोगलाई समयमा नै जानकारी गराइसकेको छ। शेरबहादुर देउवाको नेतृत्वको केन्द्रीय कार्यसमिति भंग भइसकेको छ हामी नयाँ कार्यसमिति चयन गर्ने क्रममा छौं।’

उनी कारबाहीको निर्णय गर्नुअघि आफूलाई स्पष्टिकरण नसोधिएको भन्दै आक्रोसित भए।

Laxmi sunrise bank
kumari

‘म पार्टीको महामन्त्री मलाई कारबाही गर्नुअघि एकपटक सोध्नुपर्दैन् ? मलाई स्पष्टिकरण सोध्नु पर्दैन् ? निजी कम्पनीमा समेत सोधिन्छ,’ उनले भने।

उनले यो पार्टी नफुट्ने भन्दै अब आधिकारीक पार्टी नै यही भएको दाबी गरे।

प्रधानमन्त्रीको उम्मेद्वार जसलाई बनाएर जाँदा पनि हुने बताउँदै उनले तर कम्तिमा पनि शेरबहादुर देउवालाई प्रधानमन्त्रीको उम्मेद्वार बनाएर जान नैतिकताले नदिने धारणा राखे।

प्रकाशित: Jan 14, 2026| 16:59 बुधबार, पुस ३०, २०८२
प्रतिक्रिया दिनुहोस्