बिहीबार, साउन १४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • विशेष महाधिवेशन सतप्रतिशतका लागि हो, ४० प्रतिशत भाग खोज्न होइन : सुवास पोखरेल

विशेष महाधिवेशन सतप्रतिशतका लागि हो, ४० प्रतिशत भाग खोज्न होइन : सुवास पोखरेल

 |  मंगलबार, पुस २९, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २९, २०८२

काठमाडौं। नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन प्रचार प्रसार उपसमिति संयोजक सुवास पोखरेलले महाधिवेशन प्रतिनिधिहरू शेरबहादुर देउवा पक्षवार्ता गर्न गए पनि भागबण्डाका लागि नगएको स्पष्ट पारेका छन्।

देउवा पक्षका नेताहरूले अफबाह फैलाउँदै ४० प्रतिशत भाग खोज्न विशेष महाधिवेशन गरेको आरोप लगाइरहँदा संयोजक पोखरेलले भने, 'यो विशेष महाधिवेशन सतप्रतिशतका लागि हो ४० प्रतिशतका लागि हैन।'

उनले अगाडि भने, 'हामीले भागबण्डा गर्न पठाएका होइनौँ। वार्ता हाम्रो नेतृत्व परिवर्तनका लागि हो।'

कांग्रेस पार्टीको विशेष महाधिवेशनको सबै जरा यही रहेको भन्दै हेप्ने अधिकार कसैलाई नभएको बताए। राजाले हेप्दा सत्ता गएको भन्दै अब हेपाइ कसैको पनि नसहने उनले बताए।

उनले निर्वाचन कार्यतालिका आइसकेको भन्दै शेरबहादुरलाईसमेत महाधिवेशनमा मनोनयन गर्न आग्रह गरे। पोखरेलले नेतृत्वसँग संवाद र प्रकृया पनि सँगसँगै हुने बताए।

प्रकाशित: Jan 13, 2026| 16:32 मंगलबार, पुस २९, २०८२
प्रतिक्रिया दिनुहोस्