बुधबार, जेठ २७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • नेपाली कांग्रेस गम्भीर संकटमा, दुवै पक्ष लचक बन्नुपर्छ : सुनिल शर्मा

नेपाली कांग्रेस गम्भीर संकटमा, दुवै पक्ष लचक बन्नुपर्छ : सुनिल शर्मा

 |  मंगलबार, पुस २९, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २९, २०८२

National life

काठमाडौं । नेपाली कांग्रेसका नेता सुनिल शर्माले पार्टी गम्भीर संकटको मोडमा उभिएको बताएका छन्।

मंगलबार काठमाडौंमा आयोजित विशेष पत्रकार सम्मेलनमा नेता शर्माले मुलुकभरका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विधानसम्मत ढंगले विशेष महाधिवेशन बोलाउन हस्ताक्षर गरी आग्रह गरेपनि केही पदाधिकारी र केन्द्रीय समितिका सदस्यहरूले त्यसलाई बेवास्ता गरेको आरोप लगाए। विशेष महाधिवेशन नबोलाइँदा अहिलेको अवस्था सिर्जना भएको उनको भनाइ थियो।

उनले भने, ‘आज नेपाली कांग्रेस गम्भीर संकटको मोडमा उभिएको छ। जनताको चाहना र प्रतिनिधिहरूको माग विपरीत विशेष महाधिवेशन नबोलाइएपछि यो परिस्थिति निर्माण भएको हो।’

नेता शर्माले वर्तमान विषम परिस्थितिमा पार्टी र भावी पुस्ताको भविष्यलाई ध्यानमा राख्दै संस्थापन पक्षले त्याग, समर्पण र अग्रगामी निर्णयको नेतृत्व गर्नुपर्ने बताए। नेतृत्व हस्तान्तरणका लागि तयार हुनुपर्ने उनको धारणा थियो।

Shivam cement

साथै, विशेष महाधिवेशन पक्षधरहरूले पनि पार्टी एकताका लागि एक कदम पछाडि हटेर भएपनि आम कार्यकर्ता र पार्टी हितलाई प्राथमिकतामा राख्नुपर्ने उनले आग्रह गरे।

पार्टीभित्र देखिएका सबै मतभेद संवाद र समझदारीबाट टुंग्याउनुपर्ने उल्लेख गर्दै सहमति भाँड्ने र उच्छृंखल गतिविधिले पार्टीलाई कमजोर बनाउने चेतावनी दिए। उनले सबै नेता तथा कार्यकर्तालाई संयमित भएर पार्टी एकताका लागि एकजुट हुन आह्वान गरे।

उनले भने, ‘वर्तमान विषम परस्थितिमा नेपाली कांग्रेस र भावी पुस्ताको भविष्य सोचेर पार्टीलाई एकतावद्ध राख्न संस्थापन पक्षले त्याग, समपर्ण र अग्रगामी निर्णयको नेतृत्व गर्नुपर्छ। नेतृत्व हस्तान्तरणका लागि तयार हुनुपर्छ। साथै विशेष महाधिवेशन पक्षधरहरुले पनि पार्टी एकताका लागि एक कदम पछाडि हटेर भए पनि आमकार्यकर्ता र पार्टीहितलाई प्राथमिकतामा राख्नुपर्छ। पार्टीभित्रका सबै मतभेदहरु संवाद र समझदारीबाट टुंग्याइनुपर्छ। सहमति भाँड्ने, उछृङ्खल गतिविधिले पार्टीलाई कमजोर बनाउँछ। त्यसैले सबै नेता र कार्यकर्ताहरुलाई संयमित रहेर एकतावद्ध हुन आग्रह गर्दछु।’

 

 

प्रकाशित: Jan 13, 2026| 16:28 मंगलबार, पुस २९, २०८२
प्रतिक्रिया दिनुहोस्