बुधबार, फागुन २०, २०८२

नेप्से ४.९० अंकले बढ्यो, कारोबार रकम करिब ७ अर्ब नजिक

 |  मंगलबार, पुस २९, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २९, २०८२

काठमाडौं। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन सोमबार सामान्य अंकले घटेको नेप्से मंगलबारको बजारमा भने ४.९० अंकले बढ्दै २६३९.९१ विन्दुमा पुगेको हो।

यस दिन सेन्सेटिभ इण्डेक्स ०.५४ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.१६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२८ अंकले उकालो लागेको छ। नेप्सेसँगै आज कारोबार रकममा पनि सुधार देखिएको छ।

सोमबार ६ अर्ब ४७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको बजारमा मंगलबार ३४९ स्टकको ७७ हजार १७ पटकको कारोबारमार्फत ६ अर्ब ९९ करोड ४ लाख ८४ हजार रुपैयाँ बराबरको १ करोड ३६ लाख २४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यसदिन थ्रिस्टार हाइड्रोपावर लिमिटेडको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कम्पनीको शेयरमूल्य ७५ रुपैयाँ ६० पैसाले बढेर प्रतिकित्ता ८३१ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी, दोर्दी खोला जलविद्युत कम्पनीको शेयरमूल्य करिब ९.५ प्रतिशतले बढेको छ भने सुपर मादी हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले उकालो लागेको छ।

यता, रसुवागढी हाइड्रोपावर कम्पनीको शेयरमूल्य भने मंगलबार ६ प्रतिशतभन्दा बढीले घटेको छ। यसदिन कारोबार रकमका आधारमा राधी विद्युत कम्पनी, एसवाई प्यानल र बुटवल पावर कम्पनीको शेयर सबैभन्दा बढी कारोबार भएको छ।

kumari

१३ उपसमूहमध्ये मंगलबार ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.०२ प्रतिशतले बढेको छ। त्यस्तै, व्यापार उपसमूह ०.९८ प्रतिशत र अन्य उपसमूह ०.७८ प्रतिशतले वृद्धि भएका छन्।

प्रकाशित: Jan 13, 2026| 15:45 मंगलबार, पुस २९, २०८२
प्रतिक्रिया दिनुहोस्