बुधबार, फागुन २०, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • सानिमा बैंक र एनसीएचएल बीच नेपाल पे कार्ड नेटवर्क प्रयोग गर्ने सम्झौता

सानिमा बैंक र एनसीएचएल बीच नेपाल पे कार्ड नेटवर्क प्रयोग गर्ने सम्झौता

 |  मंगलबार, पुस २९, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २९, २०८२

काठमाडौं- सानिमा बैंक लिमिटेड र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)बीच एनपीएस नेशनल कार्ड स्विचअन्तर्गत डोमेस्टिक कार्ड स्किम नेपाल पे कार्डको प्रमुख सदस्यताको लागि सम्झौता भएको छ। 

उक्त सम्झौता पत्रानुसार एनपीएस नेशनल कार्ड स्विचलाई डोमेस्टिक कार्ड प्रयोग भई गरिने कारोबारहरुको राउटिङ र सेटलमेन्टमा अन्तरसञ्चालन सुनिश्चितताका लागि केन्द्रीय भुक्तानी पूर्वाधारको रूपमा स्थापना गरिएको हो। 

सम्झौता पत्रमा सानिमा बैंक लिमिटेडको तर्फबाट प्रमुख निक्षेप अधिकृत हेमराज संज्याल र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरे। 

सानिमा बैंकको देशको सातै प्रदेशमा १३४ वटा कार्यालयहरु तथा १२७ वटा ए.टि.एम.हरु संचालनमा रहेका छन् । 

प्रकाशित: Jan 13, 2026| 11:57 मंगलबार, पुस २९, २०८२
प्रतिक्रिया दिनुहोस्