बिहीबार, कात्तिक १९, २०८३

प्रमुख जिल्ला अधिकारीसहित गृहका कर्मचारीको सरुवा

 |  सोमबार, पुस २८, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, पुस २८, २०८२

काठमाडौं । गृह मन्त्रालयले आज प्रमुख जिल्ला अधिकारीसहित आठ कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ।

Machhapuchchhre

मन्त्रालयले आजको निर्णयअनुसार डोल्पाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भीमराज कोइरालालाई पाँचथरको सहायक प्रजिअमा र बझाङका प्रजिअ कैलाशबहादुर ठकुराठीलाई दैलेखको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको जनाएको छ।

आज साँझ सार्वजनिक गरिएको सरुवा तथा पदस्थापन विवरणअनुसार मन्त्रालयका उपसचिव जुनु हमाल ढकाललाई डोल्पाको प्रजिअ, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक मुकेशकुमार केशरीलाई बझाङको प्रजिअ तथा गृह मन्त्रालयका उपसचिव नवराज बराललाई बागलुङको सहायक प्रजिअमा पदस्थापन गरिएको छ।

यस्तै, मन्त्रालयका उपसचिव भविश्वर घिमिरेलाई कपिलवस्तुको सहायक प्रजिअ, उपसचिव कृष्णप्रसाद गैरेलाई धनुषाको सहायक प्रजिअमा पठाइएको छ भने बागलुङका सहायक प्रजिअ जनकराज पन्तलाई गृह मन्त्रालयमा ल्याइएको छ।

प्रकाशित: Jan 12, 2026| 11:28 सोमबार, पुस २८, २०८२